• राष्ट्रिय हितको सवालमा प्रष्ट रुपमा आफ्नो अडान राख्न सक्ने कांग्रेसभित्रका इमान्दार नेताको रुपमा परिचित नेता धनराज गुरुङ ले आफ्नै पार्टीका नेता कार्यकर्ताले जथाभावी बोल्दै हिडेपछि ‘निवस्त्र’ नहुन भन्दै सामाजिक संजालबाट कडा चेतावनी दिएका छन ।

    नेता गुरुङले भारतीय नाकाबन्दीमा संसद भित्र भारतीय दादागिरी भन्दै चर्को विरोध गर्ने र नेपाली कांग्रेसका सासंदहरुले भ्रष्टचारीले पनि चुनाव लड्न पाउनपर्ने भनेर हालेका संशोधन प्रस्ताब विरुद्ध खरो रुपमा विरोध गरेका थिए। पछि उक्त प्रस्ताव फिर्ता लिइएको थियो।

    नेतृत्वको अकर्मण्यताको कारण निर्वाचनमा लज्जास्पद हार ब्यहोरेर तेस्रो पार्टी भएको गुरुङले बताउदै आइरहेका छन्।

    बिहिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्ने आरोप लगाउँदै त्यसबाट बच्नको लागी ओलीलाई नभई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाए कांग्रेसले स्वीकार्ने बताएपछि गुरुङले जनमतले प्रतिपक्षमा पुर्याई सकेपछी प्रचण्डलाइ प्रधानमन्त्रीको रुपमा अघि सारेर दुनियाका अगाडी निर्वस्त्र नबन्न कडा चेतावनी दिएका हुन् ।

    उनले फेसबुक र ट्वीतारमा लेख्दै भनेका छन -‘जनमतले कांग्रेसलाई प्रतिपक्षको भूमिकामा पु-याई सकेपछि पनि फेरि प्रचण्डलाई प्र.म.बनाउने कुरा गरेर दुनियाँको अगाडि निर्बस्त्र बन्ने कुनै पनि कांग्रेस नेताले चेष्टा नगरोस्।’

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…