जनप्रतिनिधि नै विकासका ‘बाधक’
जनप्रतिनिधि नै विकासका ‘बाधक’
धनुषा। दुई दशकपछि स्थानीय निर्वाचन हुँदा जनतामा ठूलो उत्साह देखिएको थियो । निर्वाचनपछि विकास निर्माण कार्यले गति लिने अपेक्षा राखेका जनताले आफैंले चुनेका प्रतिनिधि स्वार्थी र बेइमान देखिन थालेपछि विश्वासमा घात भएको महसुस गर्न थालेका छन् ।
धनुषाको हंसपुर नगरपालिकामा विकासका लागि विनियोजित करिब एक करोड रुपैयाँ जनप्रतिनिधिकै स्वार्थका कारण फिर्ता हुने अवस्था आएको छ ।
‘तराई÷मधेस समृद्धि’ शीर्षकमा प्रदेश सरकारबाट प्राप्त ९० लाख रुपैयाँको योजना नगरप्रमुख रामज्ञान मण्डलको स्वाथएका कारण कार्यान्वयनमा आउन नसकेको उपप्रमुख रेणु झाले बनाइन् । यो समाचार आजको नागरिक दैनिकमा सुरेश यादवले लेखेका छन् ।