• गोपाल काफ्ले

    पथरी । मोरङको पथरीशनिश्चरे—१ स्थित पथरी हस्पिटल प्रालिले आफ्नै भवनबाट सेवा बिस्तार गरेको छ । २०७० सालमा स्थापना भएको उक्त हस्पिटलले छोटो समयमा प्रगती गर्दै आफ्नै भवनबाट सेवा बिस्तार गरेको हो ।
    ग्रामिण क्षेत्रमा स्वास्थ्यको पहुच पुर्याउने उदेश्यले १० करोडको लगानीमा स्थानीय जुझारु युवा व्यवसायी तथा स्वास्थ्यकर्मीहरुको उक्त हस्पिटल सन्चालनमा ल्याएका थिए । सोमबार नयाँ भवनमा सरेको हस्पिटलको मोरङ क्षेत्र नम्बर २ का सांसद चण्डिप्रसाद राई, जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख हरिप्रसाद खत्रि र पथरी उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् । हस्पिटलमा १ जना एमबिबिएस डाक्टर सहित ७ जना सिएमए लगायत बिभिन्न रोग विशेषज्ञहरुको सेवा रहने हस्पिटलका अध्यक्ष देवीप्रसाद रिजालले जानकारी दिएका छन् ।
    चाँडै नै उक्त हस्पिटलले नर्सिङ कलेजको स्वकृति लिएर पठनपाठन सन्चालनमा ल्याउने तयारी गरिरहेको हस्पिटलका सचिव पृथ्वीआले मगरले जानकारी दिए । मेयर दिलिपकुमार राई,उपमेयर यमुना बास्तोला,पथरी स्वास्थ्य चौकी सहायक अधिकृत यम खड्का,इप्रका पथरीका प्रमुख राजन कार्कीले हस्पिटलको सफलताकोे शुभकामना व्यक्त गरेका थिए । सामाजिक उत्तरदाहित्व अन्तरगत सर्वसुलभ मुल्यमा सेवा दिदैं आएको उक्त हस्पिटलले गरीव,असाहयहरुको लागि स्वास्थ्य सेवामा छुट गर्दै आएको छ । उक्त हस्पिटलमा पूर्वी मोरङका सेवाग्राहीहरु आउने गरेका स्वास्थ्यकर्मी इश्वर सापकोटाले बताएका छन् ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…