समृद्द समाजको सपना सजाउन निस्वार्थी र देशप्रेमी मनहरु जुट्नुपर्छ
सफल र समुन्नत राष्ट्र बनाउन अनियमितता,तस्करी र भू माफियाहरु खेद्न सक्नुपर्छ
अनि मात्रै जनता सुखी र देश समृद्द हुन्छ
तर यहाँ घर सुखी समृद्द साउरालीका दृश्यहरुले
अपेक्षा गरेका विविधताहरु विडम्बना बन्दै त छैनन ?
प्रसंग के हो भने मुलुकको राजनितिका हस्तीहरुको महंगो देशको भ्रमण आलोपालो राजतन्त्रको युगभन्दा दिन दुइगुणा र रात चौगुणा हुँदै गरेकोले नेपाल र नेपालीको सुख रसमृद्दिका सपनाहरु चीन र अमेरिकाबाट ल्याउने त हैन होला कि ?
सफल र शक्तिशाली राष्ट्रका डोनाल्डहरु जति विदेश भ्रमणको मोहमा छैनन त्यति यहाँ ५ वर्षको सत्ता जिन्दगीको सबै रहरहरु पूरा गर्ने माध्यम जस्तै माननीयहरुको अनुभूति भो ।
लोकतान्त्रिक गणराज्यका जनताहरुले पाउने आत्मनिर्भर झन्डै करोड परनिर्भरताको पुरस्कारले छुन लागिसक्यो ,युवा उर्जा पलायन तिब्र भैसक्यो ,वस्ती उजाड र युवा पलायनले शुन्य भैसक्यो ,गाउमा मान्छे मर्दा मलामीको अभाव बढिसक्यो ।कसरी सुखी नेपाली र समृद्द देशको सपना देख्दैछन् हाम्रो राज्यका अगुवाहरु ?
खस्किदो किसानको जीवनस्तर नै भविस्यको संकटको सूचक भैसक्यो ,प्रकृतिले हामीलाई दिएको विकल्प नै कृषिबाट आत्मनिर्भरको प्रारम्भ र वैकल्पिक मेन्टेनमा हाम्रा सगरमाथा र अन्नपूर्ण हिमालहरु पर्यटनका उच्च सम्भावनाहरु हुन,सिस्ने ,जुगल ,लांगटाङ्ग मकालु लगायत सयौं उज्याला पहाडहरु हुन।अनि हाम्रो मुलुकमा धार्मिक पर्यटन पनि त्यति नै सम्भावनाको केन्द्र भएर पनि हामी किन बुर्जुवा समृद्दिको पछि लाग्न विवश छौं?
बहस हुनु जरुरी छ।।जनताका पिडाहरुका आवाज सदनमा उठाइनु जरुरी छ।पहिला जनतालाई अघाएर अनि मात्रै शासकले खाने व्यवस्था नै गणतन्त्र हो।हो त्यस्तै हुनुपर्छ।सेवा सुविधा ज्यादैछ ।मासिक तलब ५०/५५ हजार सरकारका मान्छेहरुको हुनुपर्छ।अनि मात्रै जनताका सुखका दिनहरु आउन थाल्नेछन।जनता धनी नभई देश समृद्द बन्न सक्ला र खै ,सम्भव होला जस्तो लाग्दैन !!