• हाम्रा पार्टीहरु प्रतिबन्धित भए
    हाम्रा कमरेडहरु मारिए

    हाम्रा चहर्याइरहेका घाउहरुमा मल्हमको अपेक्षा गर्ने हामी हजारौका सपनाहरु गर्भमा नै तुहिए ।
    अनि लोकतान्त्रिक गणतन्त्र आधा हिस्सा जनाताहरुसग प्रतिशोध साध्दै गर्दा प्रतिबन्ध नभएका कलमले केहि खेश्राहरु प्रकाशन गर्न गैरहेको छु ।
    हिजो निरङ्कुश भनेर राजतन्त्रसग लडियो ,
    आज त्यो भन्दा पनि क्रुर राज्यव्यवस्थाको जनायुदको मर्मसग अन्तरसम्बन्धित थियो ?

    यी प्रश्नहरु सुन्ने र सोध्ने निकायहरु समुल नष्ट भएकै कारण विप्लव नेकपाले एकीकृत जनक्रान्तिको नोट अफ डिसेन्ट लेख्यो ।
    अनि उ प्रतिबन्धित मात्र हैन अघोषित आतंककारी जस्तो आक्रमण सत्तापक्ष नेकपाबाट हुदा यतिबेला विश्व साम्यवादले नेपालको कम्युनिष्ट सरकारका गतिविधि नियाल्दै होला नहोला तर हामी नियालीरहेका छौ,हामीले भोगिरहेका छौ,अनि यहि गणतन्त्रमा पोखिएका रक्तिम खोलिहरुले के भनिरहेका छन्?ति भनाइहरु सुन्ने जनताका कानहरु बन्द भएका छैनन् सत्तापक्ष मुक दर्शक बन्दै एकोहोरो हिँसाको खेती गर्दैछ ।

    यो हिंसाले दुइतिहाई सरकारको उन्मादलाई शिखर पुर्याउला या फेदी तिर खुम्च्याउला ?? त्यो त आउदो समयले जगजाहेर गर्ने नै छ ।यो सरकार आजको लोकतन्त्र र हिजोको व्यवस्था अनि हिजोको गणतन्त्रको मुल्यांकन गर्नेहरुको आजको मुल्यांकन जो लेखिरहनु पर्ने सन्दर्भ हैन ।

    झन्डै दर्जनौले ज्यान गुमाउनु पर्यो लोकतन्त्र आएपछि यहि नेपाली माटोमा ।हिजो पनि पोखिएका रगत मुक्तिको शंखघोषकै लागि थियो,सारा जनताको स्वतन्त्रता र मुक्तिको आवाजको विद्रोह थियो।तर त्यो राजतन्त्र हटाएर अर्को दोश्रो रमिते झुण्डको पार्टी बनाउने नीति रहेछ भन्ने बुझेर नै अग्रज योद्दा कमरेडहरुले नया पार्टी खोल्नुभयो भनिन्छ तर यो उही जनायुद्दकै निरन्तरताको साक्षी एकीकृत जनक्रान्तिको दल हो जसलाई नेपाल कम्युनिष्ट पार्टी भनेर जनताले धेरै पहिला देखि बुझेका तीता सत्यहरुलाई प्रकाश पारिरहनु नपर्ला कि !

    जति तिमि दमन गर्दै जान्छौ त्यति तिम्रा हत्कडी र नेलकड़ीहरु खीइदै जानेछन ,जब ति निष्क्रिय हुनेछन तिनै हत्कडी बन्दबाट मुक्त हातहरुले फेरि लेख्न थाल्नेछन रक्तिम इतिहास र जनताको गीत,मुक्तिको जीवन्त गाथा ।

    जनता मुक्ति चाहन्छ दमन र लुटको स्वर्ग हैन,हत्या र अराजकता हैन,समतामुलक नेपालको पूर्ण लोकतन्त्र।जहा जनवादी कार्यहरु र परिवर्तनका थुप्रै विकल्पहरुले आम जनतालाई आफ्नै मुलुकमा पसिना पोख्न आग्रह गर्दछ,हाम्रा सिमा र हिमालयका गरिमा,जलश्रोतहरुको सहि सदुपयोग गर्दै जनता आत्मनिर्भर नारा बोकेर मिदानामा हाजिर एकीकृत जनक्रान्तिका नारा देखि विस्तारवादको दास आत्तिएको छ भने साम्राज्यवादका अडेसाहरु मौन छन्।दलाली प्रपंचा हत्या र दमनको विकल्प देखाउदै निरिह जनताका छोराछोरीहरुको टाउकोमा गोली डग्दै गर्दा विप्लव यो दलाल लुटको स्वर्गसग वार्ता गर्न आउदैछन भन्ने होहल्ला कतिसम्म आधिकारिक हो ?जनतालाई कतै दलालका जुठो खानेहरुले मजाकमा उडाउदै भ्रमित बनाउदै त छैनन् ?

    जिम्मेवर नेतृत्व र पार्टीको ध्यानाकर्षण होस।हत्याका हिसाव बेपत्ता बनाउन सघाएका भन्दा महंगा हुनेछन भने सुराकी र जासुसका हिसाब ति कर्महरुले सायदै थाहा नपाउलान ।

    कसैलाई भ्रमित बनाएर दलाल प्रपंचले पेलान गर्दछ भने त्यहा बाट निस्कने विद्रोहको धुवा हजारौ वस्तीहरुको जुगाड हुनेमा सन्देह मान्नु पर्दैन ।अहिलेसम्म संसारमा सत्यले आरामले जितेको छ भने दमनले लज्जास्पद हार बेहोरेका विश्व इतिहास बारे यहा अगाडी केहि थप्नु नपर्ला ।महान सहिदहरु लालसलाम ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…