एजेन्सी।
भयानक दुर्घटना भइ बस नदीमा खस्दा एक आमाले आफ्नो नवजात बालकलाई काखमा च्यापेर बचाएकी छिन् । उद्धार टोलीले ती आमालाई निकाल्दा ती बालक जीवितै थिए । भारतको राजस्थान राज्यको सवाइमाधोपुरमा हिजो भएको दुर्घटनामा ३२ जनाको जन गएको थियो । सोही दुर्घटनामा मरेकी ती आमाले यसरी बालकलाई बचाएकी हुन् ।
उद्धार टोलीले बालकलाई जिउँदै पाएपछि तत्कालै उपचारको लागि अस्पताल पठाएको थियो । उद्धार टोलीमा रहेका जवान फैयाज खानका अनुसार तत्कालै अस्पताल पठाइए पनि ती बालकलाई बचाउन सकिएन । उपचारको क्रममा उनको ज्यान गयो । जवान खानका अनुसार यस्तो दर्दनाक दृश्य उनले यसअघि कहीँ पनि देखेका थिएनन् । उनले यो घटना जीवनभर भुल्न नसक्ने बताएका छ