• काठमाडौ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले किरात भूमी पहिचानको आन्दोलनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छ्न ।

    किरात राई यायोक्खा केन्द्रिय समितिद्वारा संघीय राजधानी ललितपुरमा आज (साउन २२ )आयोजित ३२औं स्थापना दिवस कार्यक्रममा मन्त्री थापाले सो कुरा बताएका हुन ।

    पछिल्लो पटक जारी संविधान सहमतिको दस्तावेज भएकोले पूर्ण संघीयत, समाबेसिता, पहिचानलाई पुरै स्थापित गर्न नसकिएको बताए । प्राप्त उपलब्धिलाई प्रयोग गर्दै थप उपलब्धिको लागि कृयाशील रहनु पर्ने बताए ।

    राजनीतिक शक्ति सन्तुलनको हिसाबले उत्पीडित समुदायले विजय हाँसिल गर्न नसकेको कारण १ नम्बर प्रदेश सभाले नाम किरात राख्न हम्मे हम्मे भइरहेको बताए । यद्यपि पहिचानको आन्दोलनमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।

    संघीयता र पहिचान संमृद्दीको लागि भएकोले देशमा रहेका दलाल, तस्करी र भ्रष्टाचारी विरुद्दसमेत यायोक्खा लाग्न गृहमन्त्री थापाको अनुरोध थियो ।

    बिखण्डनकारी विरुद्द राष्ट्रिय एकता र गणतन्त्रको रक्षाको लागि समेत यायोक्खा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा संघीय संसद सुदन किरातीले किरात पहिचान, लोकसेवा आयोगको असवैधानिक कदम विरुद्ध आवश्यक परे सदनमै वलिदान दिन तयार रहेको बताए । प्रदेश १ को सांसद रामकुमार राई (पासाङ)ले प्रदेशको नाम किरात राख्न आफू सदनमा गम्भीर कदम उठाउन पनि पछि नपर्ने बताए ।

    कार्यक्रममा नेपाल आदिवासी जनजती महासंघको केन्द्रिय कार्यबाहक अध्यक्ष नवीन रोका मगर, आदिवासी जनजाती उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, संघीय सांसद प्रमिला राई लगयतले शुभकामना मन्तब्य राखेका थिए ।

    यायोक्खा अध्यक्ष दिवस राईको सभापतित्वमा महासचिव जनक राईले सन्चालनमा उपाध्यक्ष जीवन हाताचो राईले स्वागतसँगै संस्थाको धारणा राखेका थिए । किरात जाती नभएर भूगोल, ईतिहास, सभ्यता, संस्कृति भएको कारण १ नम्बर प्रदेशको नाम किरात माग गरिएको हाताचोको भनाइ थियो । निवर्तमान अध्यक्ष तिलक राई, सल्लाहकार दुर्गा राई लगाएको उपस्थित रहेको कार्यक्रममा
    पत्रकार संजय सन्तोषी राई, "किरात इतिहास र संस्कृति" नामक अनुसन्धानमुलक पुस्तकका लेखक खोटाङको पर्खनबहादुर राई, वियस राईद्वारा लिखित कथा संग्रह हिउँमाझी कृतिलाई नगदसहित सम्मान गरिएको थियो ।

    यही बर्ष बिध्यावारिधी गर्ने राई समुदायका डा. सुमाया राई, प्रा.डा. ध्यानेन्द्र बहादुर राई र डा. कृष्णबहादुर राई, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ठुले राई सम्मानित भएका छन ।

    गायन तथा संगितिक क्षेत्रबाट योगदान पुर्‍याउने राई नवीनलाई नगद सहित सम्मानित भएको कार्यक्रममा विभिन्न विधाका १५ जना विध्यार्थीलाई छात्रा वृती प्रदान भएको थियो ।






















सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…