गजल
मन सारै नै चन्चल हुन्छ दशा लागेपछि ।
भ्रम आकलझुकल हुन्छ दशा लागेपछि ।।
टारेर टर्दैन कुरा जति होशियार भएपनि ।
हानि हुने राशिफल हुन्छ दशा लागेपछि ।।
घरमा शोक परेर श्रीमतीले साथ छोड्दा ।
सद्धे मान्छे पागल हुन्छ दशा लागेपछि ।।
लड्न त बिस्तारै लडेको चोट गहिरो छ ।
समथर नि खाडल हुन्छ दशा लागेपछि ।।
रमेश "संयोग" श्रेष्ठ
मोरङ
हाल :- रियाद , साउदी