• बढ्दो चिसोका कारण कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ । कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि त्यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ ।

    जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ । हवाईजहाज मात्र नभई गाडीमा दक्षिण झर्नेहरुको भीड छ । अत्यधिक चिसोबाट वृद्ध, अशक्त, महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यसमा पनि गरिब तथा विपन्न परिवारका सदस्य बढी मर्कामा परेका छन् ।

    चिसोले निमोनिया, दम र ज्वरोका बिरामी बढ्न थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल निर्देशक डा पूजन रोकायाले बताउनुभयो । अस्पतालमा आउने बिरामीलगायत सबैलाई बाक्लो कपडा लगाएर न्यानो राख्न र झोलिलो पदार्थ खान सुझाव दिइएको पनि उहाँले बताउनुभयो ।

    छोटो दिन र लामो जाडो रातले गर्दा पानी जम्ने, पाइप फुट्ने, धारा भाँचिने र बन्द हुँदा खानेपानीको समस्या भएको छ । चिसोले गर्दा आगो बालेर व्यापारिक कारोबार भइरहेको छ । जाडोले व्यापार घटेको स्थानीय व्यापारी कल्से रावतले बताउनुभयो । थोरै भए पनि व्यापार होस् भन्ने आशले पसल खोलिन्छ तर आजभोलि ग्राहक नआउँदा चिसो खानेबाहेक अरु केही छैन, उहाँले भन्नुभयो ।

    गाडी ट्याङ्कीको इन्धन जम्दा गाडी सञ्चालन गर्न समेत समस्या हुने गरेको देखिन्छ । हिमपात नहुँदा खेती किसानी गर्न कर्णालीवासीलाई चिन्तित बनाएको छ । बेलैमा पानी नपरे कृषकको हिउँदेबालीको उत्पादन घट्ने वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताउनुभयो ।

    हिजोआज जुम्लामा माइनस चार डिग्री सेल्सियस तापक्रम रहेको जनाइएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…