• सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाको चितवन जिल्ला अदालतमा बयान लिनेक काम सकिएको छ । बयान लगत्तै दुबै पक्षका कानुन व्यवसायीबाट बहस सुरु भएको छ । बहस सकिएपछि अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्छ । पुडासैनीलाई दुरुत्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

    प्रहरीसँगको बयानमा अस्मिताले कँडेलसँग मिलेर पुडासैनीलाई बला त्कार मुद्दामा फसाइदिने ध’म्की दिएको स्वीकार गरेकी छन् । अस्मिताले न्यूज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई समेत पठाएकी थिइन् । फोटो पठाउँदै अब कार्यक्रममा प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन् । अभियोगपत्रमा अस्मिताले न्यूज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृ’तकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी ध’म्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृ’तकले आ त्मह त्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सोही फोटो समेत मिसिलमा समावेश गरिएको छ ।

    अभियोगपत्रमा कँडेलले आफ्नो कार्यक्रम छोडेर अर्को टिभीमा समानान्तर कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर पुडासैनीलाई ध म्क्याएको दाबी गरिएको छ । समाचार बनाउने क्रममा कँडेलले पुडासैनीलाई गा ली गर्ने कुरा रवि लामिछानेको बयानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ । यता रवि लामिछानेले आफूले पुडासैनीलाई आ त्मह त्या गर्न दुरूत्साहन नगरेको भन्दै बयान दिएका छन् । तर, अभियोगपत्रमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की मिलेर पुडासैनीलाई मानसिक रुपमा विक्षिप्त हुने गरी मानसिक तनाव दिएको कारण सो दुःख सहन नसकी पुडासैनीले आ त्मह त्या गरेको उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…