भाद्र १०, काठमाडौँ । साउन २० गते चितवनको एक होटमा मृत अवस्थामा भेटिएका नुवाकोट पत्रकार स्व.शालिकराम पुडासैनीको मृत्यु प्रकरणको कारण एक जनाको ज्यान गएको छ ।राजधानीको टोखामा पुडासैनीले प्रेमिकासँग भेट्न छुट्टै कोठा भाडामा लिएका थिए । सोही घरका ९० वर्षिय तारानाथ देबकोटाको सोमबार साँझ हृदयघातका कारण मृत्यु भएको हो ।
९० वर्ष सम्म पनि स्वास्थ्य रहेका देवकोटा छोरी गोमा न्यौपानेको घरमा बस्दै आईरहेका थिए । पुडासैनी मृत्यु प्रकरणमा प्रहरी लगातार घरमा खानतलासीको लागि आउन थालेपछी देवकोटा निकै तनावमा थिए, सोही तनावको कारण उनको हृदयघात भई मृत्यु भएको उनको परिवारले जनाएकाे छ ।