• काठमाडौं– नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे समिक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

    बैठक भोलि (शुक्रबार) बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

    प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि कांग्रेसभित्र नेतृत्वको चर्को आलोचना हुदै आएको छ । कतिपय नेताहरुले सभापतिबाट देउवाले राजिनामा दिनुपर्ने, महाधिबेसन बोलाउनुपर्ने र त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै आएका छन् । तर, देउवाले यो बैठकमा राजीनामा माग्ने नेताहरुलाई कडा जवाफ दिने तयारी गरेको देउवा निकट श्रोतले जनाएको छ ।

    कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक बोलाउने या नवोलाउने भन्ने निर्णय पनि गर्नेछ । कांग्रेसले हरेक महत्वपुर्ण निर्णय गर्दा केन्द्रीय कार्यसम्पादन समिति मार्फत गर्दै आएको छ । यो समितिमा कांग्रेसका सभापतिसहति टप लिडर २० जना रहेका छन् ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…