• भदौ ११ काठमाडौं कार्यक्रम प्रस्तोता रबि लामिछानेलाई हिरासतमा भेट्न पुगेका तमाम व्यक्तिहरुमध्यका एक हुन् पत्रकार ऋषि धमला। उनै धमलाले राजनीति गर्न भनेको जस्तो सजिलो नभएको बताएका छन्। चितवनमा भएको प्रेस मिटमा लामिछानेले आफु राजनीतिमा आउन झन् सहज बातावरण सृजना भएको छ भनेर भनेको कुरामा आधारित रहेर सुत्र टिभीका पत्रकारले बरिष्ट पत्रकार धमलालाई सोधेको प्रश्नमा धमलाले राजनीति भनेको भाषण गरे जस्तो र पत्रकारिता गरेको जस्तो सजिलो नभएको भन्दै स्व नेता गिरिजा प्रसाद कोइरालाको बिचारलाई स्मरण गरेका थिए।

    पत्रकारले त्यो ५ लाख लिएर रविलाई छोड्नु र बाहिर यो केसमा नबोल्ने आदेश दिनुलाई कसरी लिने भन्ने प्रश्नमा धमलाले आफुले कानुनी राज्यमा विश्वास गर्ने र अदालतले गरेको फैसलालाई सम्मान गर्ने र अन्तिम सुनवाई हुन अझ बाकी भएकाले त्यति बेला नै स्पस्ट हुने पनि बताए। सुत्र टिभीका पत्रकारले उनकै रिपोर्टस क्लबमै धमलालाई रविको नाममा उत्रियको यो भिडले राजतन्त्र चाहनेहरुलाई फाइदा पुगेको हो भनेर सोद्धा धमलाले सबै नभए पनि बाहुल्यता भने राजतन्त्रवादी हरु कै थियो भनेका थीए। रबि आफ्नो राम्रो मित्र भाएका ले उहालाई मेरो साथ र समर्थन सदैव रहने समेत बाताएका छन् यति मात्र नभई देश परिवर्तन गर्न एउटाले मात्र नसक्ने समेत दाबी गरेका छन्।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…