• भाद्र १५, काठमाडौं । रातारात विभिन्न बैंकका एटिएम ह्याक गरी करोड बढि लुट्ने चिनियाँलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी कार्यालयले विभिन्न बैंकको एटिएम ह्याक गरी करोडभन्दा बढी रकम निकालेका पाँच चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो । उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनलाई पक्राउ गरेसँगै प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई समेत पक्राउ गरेको हो । महानगरीय प्रहरीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षी लु जियालिङ, २९ वर्षीय लिन जिनमिङ रहेका छन् । प्रहरीले पत्रकार सम्मेलनमा उनीहरुको साथबाट बरामद भएको १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत सार्वजनिक गर्याे । प्रहरीका अनुसार उनीहरु भदौ १३ गते चीनबाट एटीममार्फत पैसा चोरी गर्ने उद्देश्यले आएकामा सोमबार फर्कने तयारीमा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिसा कार्यसमेत बरामद भएको जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्सान भएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप भने सुरक्षित रहेको बताएका छन् । https://youtu.be/_1btqih-6uA?t=2

सम्वन्धित समाचार

असार २० उर्लाबारी मोरङको बेलबारी नगरपालिका ७ दौलतपुरमा आफ्नै श्रीमानले राति सुत्ने कोठाभित्रै काठको म…

कमल सिंह ठकुरी काठमाडौं १३, २०७६ माघ : गायक प्रेम सोनिको एकल आवाजमा रहेको बिदेशी डलर बोलको गीत भर्खरै…

कमल सिंह ठकुरी/काठमाडौं १४, २०७६ कार्तिक गजलकार दिपक आचार्य ´जलन`को गजल संग्रह "अचानोमा दिल…

आर पोखरेल, काठमान्डौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परिया…