• मेचीनगर । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ४१ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर मेचीनगर शिक्षा शाखाले १ सय भन्दा बढी शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
    सोमवार धुलावारीको टाउन हलमा सम्पन्न विशेष समारोहमा सामुदायिक विद्यालयबाट अनिवार्य तथा स्वयक्षिक अवकास लिने शिक्षक, निजी विद्यालयमा लामो समयसम्म निरन्तर कार्यरत शिक्षक, कक्षा ८ को र कक्षा १० बाट उत्कष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
    यसैगरी, मेचीनगरका सामुदायिक विद्यालयका उत्कृष्ट प्रधानाध्यापक, उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, उत्कृष्ट बालविकास शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
    उत्कृष्ट प्रधानध्यापकमा आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्का र उत्कृष्ट अध्यक्षमा धुलावारी माविका गणेशविक्रम नेम्बाङलाई सम्मान गरिएको थियो । यसैगरी, आफ्नो स्वास्थ्यको प्रतिकुल अवस्थाका बाबजुत पनि निरन्तर शिक्षण पेशामा आबद्ध एभरेष्ट बोडिङ स्कुलका शिक्षक रुपसागर अधिकारीलाई समेत सम्मान गरिएको थियो । साथै आदर्श विद्या मन्दिरका प्रिन्सिपल कविन्द्र श्रेष्ठ, हिमालयन स्कुलका हिम्मत क्षेत्रीलगायत सम्मानित भएका थिए ।
    मेचीनगर नगरपलिकाका मेयर विमल आचार्यको सभापतित्व तथा प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेल, प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचाल, लगायतले बोल्नु भएको थियो । कार्यक्रममा प्रज्ञा सदस्य सुभद्रा अर्याल, शिक्षक महासंघका जिल्ला सचिव तोयानाथ दाहाल, नेपाल शिक्षक महासंघका पूर्व जिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई, शिक्षक संघका नगर अध्यक्ष होम ढकाल, शिक्षक संगठनका नगर अध्यक्ष लम्बोधर पौडेल, शिक्षक महासंघ नगरका सचिव अग्नि दाहाल, मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा, १ का वडा अध्यक्ष पासाङ तामाङ, एन प्याव्सन मेचीनगरका अध्यक्ष भगिरथ राई, कार्यपालिका सदस्य टिकाराम मंग्रान्ती, कार्यकापालिका सदस्य रुपा गुरुङ, निरु परियार, मेचीनगरका सबै सामुदायिक विद्यालयका प्रधनाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको स्रोत व्यक्ति लोकबहादुर दाहालले बताउनु भयो ।
    कार्यक्रममा धुलावारी मावि, होलिबेल मावि र इष्ट होराइजन माविका विद्यार्थीहरुको नृत्य रहेको थियो ।
    नगर शिक्षा समितिका सदस्य सुरेन्द्र उप्रेतीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन नगर शिक्षा प्रमुख होम भण्डारीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…