• उर्लाबारी, भदौ २८ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको बैदेशिक मुद्रा सञ्चितिलाई सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ ।
    उर्लाबारी उद्योग बाणिज्य सङ्घको ३१ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले बैदेशिक मुद्रा मुलुकबाट बाहिरिने क्रम नरोकिए मुलुक आर्थिक सङ्कटमा पर्ने उल्लेख गर्नुभयो । मुलुकको समग्र आर्थिक अवस्था उद्योग ब्यावसाय मैत्री नभएको बताउँदै उहाँले भन्नुभयो–‘ब्यापार ब्यावसाय छोडेर उद्योगी ब्यापारी पलायन हुनु पर्ने अवस्था सिर्जना भएको छ । गोल्छाले सरकारको आर्थिक नीति प्रति टिप्पणी गर्दै उद्योग ब्यावसायलाई कर असुल्ने साधनका रुपमा मात्र नहेर्न सरकारलाई सुझाव दिनुभयो ।


    वरिष्ट उपाध्यक्ष गोल्छाले ब्यापार घाटा यही क्रमले बढ्ने हो भने हाम्रो भान्सामा पनि असर पुग्ने बताउनु भयो । उहाँले १३ खर्ब ३१ अर्वको ब्यापार घाटा रहेको बताउँदै गत आर्थिक वर्षमा नेपालबाट १ सय अर्व भन्दा कमको वस्तु तथा सामग्री निर्यात भएको बताउनु भयो । उहाँले २००७ सालमा नेपाल विश्व ब्यापार सङ्गठनको सदस्य बनेको बेला नेपालले ५३ करोडको निर्यात गरेको उल्लेख गर्नुभयो ।
    नेपालको सोधानान्तर घाटा समेत बढेको बताउँदै उहाँले ७० अर्ब सोधान्तर घाटा पुगेको उल्लेख गर्नुभयो । १२ वटा कृषि जन्य उत्पादनले निर्यात धानेको विगत सम्झदै उहाँले गत वर्ष चियाको निर्यात २१ प्रतिशतले र अदुवाको निर्यात ११ प्रतिशतले घट्नु चिन्ताको विषय भएको बताउनु भयो ।
    उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रितम खड्गीको सभापतित्वमा भएको कार्यक्रममा उद्योगी भोलेश्वर दूलाल, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो , उप प्रमुख लक्ष्मीदेवी भण्डारी लगायतले बोल्नु भएको थियो । सङ्घमा १ हजार ७ सदस्य रहेका छन् ।



सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…