१४ पुस, काठमाडौं ।
प्रदेशसभाको समानुपातिक सदस्यलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । मधेसी कर्मचारी मञ्चका सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन् ।
तर, उनको नाम सिफारिस नभएपछि शुक्रबार साँझ कार्यालयमा तोडफोड भएको हो । उनीहरुले पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका हुन् ।मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह राजपाको प्रदेश २ को समानुपातिकमा थिए । उनी सरकारी जागिर छाडेर समानुपातिकमा बसेका थिए ।