• बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले जबसम्म एउटा युवा सक्षम र योग्य बन्न सक्दैन तबसम्म समाज परिवर्तन हुन नसक्ने बताउनु भयो ।
    प्रस्तावित धनकुटा लेडी जेसीजको जेसीज सप्ताह समापन समारोहमा बोल्दै राष्ट्रिय अध्यक्ष पौडेलले नेपाल जेसीज आर्थिक समृद्धि सहितको समाज परिवर्तनको अभियानमा भएकाले अबको लक्ष्य भनेको नै आर्थिक समृद्धिको भएको बताउनु भयो । ‘तपाईहरु जेसीज अभियानमा जोडिनु भएको छ’ अध्यक्ष पौडेलले भन्नु भयो–‘यो अभियानमा लाग्दै गर्दा एउटा युवा सक्षम र नेतृत्वदायी भूमिकासहित आर्थिक रुपमा सक्षम बन्न सकेन, नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेन भने जेसीज अभियानमा हिडेको सार्थकता हुँदैन ।’ साथै अध्यक्ष पौडेलले स्थापनाकै समयमा धनकुटा लेडी जेसीजले देशमै उत्कृष्ट रुपमा दर्जनौ कार्यक्रमहरु आयोजना गरेर समाजमा फरक पहिचान बनाउन सफल भएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो । उहाँले यस क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरु मध्ये धनकुटा लेडी अब्बल संस्था रहेको र नेपाल जेसीजमा समेत फरक पहिचान बनाउन सफल भएकोमा प्रशंसा गर्नु भयो ।
    लेडी जेसिजका सस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठको अध्यक्षतामा सम्पन्न सप्ताहाव्यापि कार्यक्रममा मातृशाखा तरहरा जेसीज २०१९ का अध्यक्ष बिकाश गिरी एवंम तरहरा जेसिज बर्ष २०१३ का शाखा अध्यक्ष बर्ष २०१४ का राष्ट्रिय उपाध्यक्ष जीवन पराजुलीलगायतको सहभागिता रहेको थियो । विभिन्न कार्यक्रमका साथ भदौ २३ गतेबाट सुरु भएको सप्ताह भाषणकला तालिमसहित समापन गरिएको हो । भाषणकला तालिमका प्रमुख प्रशिक्षक तरहरा जेसिजका २०१९ का कानुनि सल्लाहकार जेसि सुनिल तिमल्सिना, बर्ष २०१९ तरहरा जेसिजका वर्ष २०१९ का तालिम सम्योजक जेसि सन्तोष कट्वाललगायतले सहजिकरण गर्नु भएको तालिममा संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महासचिव सावित्रा राईले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…