• बाहुण्डाँगी । काभ्रे जेसिज, काभ्रे महिला जेसिज र बनेपा जुनियर जेसिजको संयुक्त आयोजनामा यस वर्षको समुदायमा जेसिज कार्यक्रमको उद्घाटन काभ्रे जेसिजका अध्यक्ष जेसी बिजेश मुल्मीको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा मिति २०७६ भाद्र ११ गते सम्पन्न भएको छ । समुदायमा जेसिज कार्यक्रम अन्तर्गत उद्घाटन कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको कार्यक्रम हलमा काभ्रे जेसिजका का.का. उपाध्यक्ष जेसी सुवास बैद्यको मुख्य संयोजकत्व, तालिम संयोजक अशोक श्रेष्ठ, महिला जेसिजकी बुद्धलक्ष्मी मानन्धर र जुनियरका निरजन गौतमको संयोजकत्वमा विद्यार्थी लक्षित प्रभावकारी सार्वजनिक भाषणकला तालिमको आयोजना गरिएको थियो । जसमा २१ वटा विद्यालयबाट जम्मा ९७ जना विद्यार्थीहरुलाई काभ्रे जेसिजका पूर्व अध्यक्ष इन्द्रनारायण भैलले प्रशिक्षण दिनुभएको थियो । सो कार्यक्रममा काभ्रे महिला जेसिजकी अध्यक्ष जेसी जयन्ती मानन्धरले उपस्थिति सम्पूर्णमा स्वागत गर्दै आफ्नो स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन काभ्रे जेसिजका महासचिव जेसी रिकेश श्रेष्ठले गर्नुभएको थियो ।
    त्यस्तै दोश्रो कार्यक्रम मा.वि. स्तरीय चित्रकला प्रतियोगिता बनेपाको चण्डेश्वरी मन्दिर प्राङ्गणमा काभ्रे जेसिजका प्रकरण निर्देशक जेसी राजन मानन्धर, महिला जेसिजकी उपाध्यक्ष मञ्जु घिमिरे र जुनियरका रोजा शिल्पकारको संयोजकत्वमा बनेपा नगर र आसपासका नगरपालिका तथा गाउँपालिकाका विद्यालयहरुबाट ३७ जना विद्यार्थीहरुले चित्रकला प्रतियोगितामा सहभागीता जनाएका थिए । कार्यक्रमको प्रमुख अतिथि काभ्रे जेसिजका पूर्व अध्यक्ष एवम नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर बिकास मानन्धर तथा मुख्य निर्णायक चित्रकार सहायक कर्माचार्य हुनुहुन्थ्यो ।
    तेश्रो कार्यक्रम जिल्ला व्यापी मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । अघि बढ् युवा, नेतृत्वको लागि शीर्षकमा भएको सो प्रतियोगितामा काभ्रे मा.वि. का छात्रा प्रथम, चैतन्य मा.वि. का छात्रा द्वितीय, रत्नचुडेश्वर मा.वि. का छात्रा तृतीय र शिक्षासदन मा.वि. का छात्राले चौथो स्थान हासिल गर्न सफल भएका थिए । सो कार्यक्रमका संयोजक काभ्रे जेसिजका उपाध्यक्ष जेसी सुमित मानन्धर, महिलाकी सृजना मानन्धर हुनुहुन्थ्यो ।
    राष्ट्रिय बाल दिवसको अवसरमा चौथो कार्यक्रम अन्तरगत काभ्रे जेसिजका उपाध्यक्ष जेसी शिवराम घिमिरेको संयोजकत्वमा विभिन्न विद्यालयका बाल क्लबका पदाधिकारीहरुलाई बाल अधिकार तथा बाल क्लबको भूमिका सम्बन्धी अभिमुखिकरण तालिमको आयोजना गरिएको थियो । नेपाल बाल संगठन, काभ्रेका सभापति रामकुमार मुल्मीको प्रमुख प्रशिक्षण तथा काभ्रे जेसिजका पूर्व अध्यक्ष जेसी इन्द्रनारायण भैलको प्रशिक्षणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । बनेपा, धुलिखेल र पनौती नगरपालिकाका विभिन्न विद्यालयमा गठन भएका बाल क्लबका अध्यक्ष र सचिवलाई बाल अधिकार, बाल क्लबको भूमिका र नेतृत्व विकास सम्बन्धी तालिम दिइएको थियो । समाजमा जेसीज अभियान असोज १३ गते समापन हुनेछ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…