• अभियान बाहुण्डाँगी । पर्यटन वर्ष २०२० लाई सफल बनाउने उदेश्यका साथ मंगलवार चितवनको सौराहमा पर्यटन वर्ष २०२० को राष्ट्रिय वन जंगल, वन्यजन्तु एवम पर्यटनको आधिकारिक लोगो अंकित पोशाक वितरण गरिएको छ ।
    सौराह जेसीज र काठमाडौँ जेसीजको संयुक्त आयोजनामा भएको कार्यक्रममा सौराहमा रहेका हात्ती चलाउने ५० जना माउतेहरुलाई उक्त पोशाक वितरण गरिएको हो । साथै पर्यटन वर्षमा पर्यटकहरुलाई कसरी आर्कषित गर्ने र व्यवहार गर्ने विषयमा माउतेहरुलाई प्रशिक्षण समेत दिइएको थियो । जसमा डाक्टर भिषण गजमेर, किरण राई, अमिर संगौला, सौराह जेसीजका अध्यक्ष शिवप्रसाद भुषालले प्रशिक्षण गराउनु भएको थियो ।
    कार्यक्रमको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पौडेलले विश्वका १२० भन्दा बढी देशमा जेसीआइको शाखाहरु सञ्चालन भएकाले पर्यटन वर्षलाई सफल बनाउन नेपाल जेसीज र नेपाल जेसीजसँग आबद्ध रहेका १५० वटै शाखाले उत्तिकै भूमिका निर्वाह गर्ने बताउनु भयो । जसको सुरुवात सौराह र काठमाडौ जेसीजले गरेकोमा शुभकामनासहित धन्यवाद व्क्त गर्नु भयो । साथै अध्यक्ष पौडेलले नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको समेत पर्यटन वर्ष २०२० को कार्यकारीणी सदस्यमा रहेकाले हामी जेसीजकर्मीहरुका लागि अवसर र चुनौती दुबै रहेकाले यसलाई सफल बनाउन सबै शाखाहरुलाई लाग्न आग्रह गर्नु भयो ।
    काठमाडौँ लेडी जेसीजकी अध्यक्ष अर्पना श्रेष्ठले नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि जेसीआई काठमाडौँ लेडी र सौराह जेसीज संलग्न हुन पाउनु सौभाग्य भएको बताउनु भयो ।
    कार्यक्रममा चितवन तथा बाहिरी जिल्लाका विभिन्न शाखा अध्यक्षहरु, जेसीजकर्मीहरु, विभिन्न सामाजिक तथा पर्यटन क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…