• बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन आजबाट धनगढीमा सुरु हुँदैछ ।
    अत्तरिया जेसीजको आतिथ्यतामा हुने सो क्षेत्रीय सम्मेलनकोसंघिय सांसद लेखराज भट्टले गर्नु हुनेछ ।
    धनगढी स्थित ओम पाटी प्यालेसमा हुने सम्मेलनमा सहभागि हुन क्षेत्र ‘घ’
    ४८ वटा शाखाका करिब ५ सय र अन्य क्षेत्रका सहित करिब ७ सयको सहभागिता रहने आतिथ्यता शाखा अत्तरिया जेसीजका अध्यक्ष गणेश शाहले बताउनु भयो ।
    यस वर्षकोे अन्तिम सम्मेलन समेत रहेकाले आतिथ्यता शाखाले सम्मेलनलाई उत्कृष्ट बनाउन अहोरात्र लागि परेको छ ।
    सम्मेलनमा नेपाल जेसीज वर्ष २०१९ को राष्ट्रिय प्रकरण ‘राईज टु लिड’ मा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, राजनितिक विश्लेषक सुरेन्द्र केसी र मुमाराम खनाल टिपणी गर्दै हुनुहुन्छ भने नेपाल जेसीज निवर्तमान अध्यक्ष श्रीधर बस्यालले टिपणी गर्नुहुनेछ ।
    सम्मेलन निर्देशक तथा अत्तरिया जेसीजका संस्थापक अध्यक्ष गिरिराज कडायतले यो सम्मेलनले सुदुर पश्चिमको पहिचान बढाउनका साथै तथा यहाँको पर्यटकीय क्षेत्रको प्रर्वधन गर्नेछ ।’
    सम्मेलन सभापति तथा क्षेत्र घ का निरुपित कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल मिलनले सम्मेलनको सबै तयारी पुरा भएको र आज बिहान ११ बजेबाट उद्घाटन सत्र सुरु हुने बताउनु भयो ।
    सम्मेलनमा सहभागि हुनका लागि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलसहित नेपाल जेसीजका बोर्डका सबै पदाधिकारीहरु धनगढी आइसक्नु भएको छ ।
    यस क्षेत्रका लागि निरुपित उपाध्यक्षमा सिनेटर रुकमणी सिग्देल, अर्जुन अधिकारी र दिनेश बोहोरा रहनस भएको छ ।
    नेपाल जेसीजका सम्मेलन यस अघि क्षेत्र क को भद्रपुर, क्षेत्र ख को बस्तीपुर र क्षेत्र ग को नुवाकोटमा सम्पन्न भइसकेको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…