काठमाडौ ! नेपाल आदिवासी जनजाति महासघ नेपालका आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासघ ३ न. प्रदेश तदर्थ समन्वय परिषदको प्रथम अधिवेशन सिन्धुलीको सिन्धुलिमाडीमा सम्पन्न भएको हो ।
अशोज ३ र ४ गते सम्पन्न भएको अधिसेशनबाट नेपाल आदिवासी जनजाति महासघ ३ न. प्रदेश समन्वय परिषद समिति गठन गरेको छ।
विभिन्न जातीय संघ सस्थाहरुको प्रतिनिधित्वमुलक नेपाल आदिवासी जनजाति महासघ ३ न. प्रदेश समन्वय परिषद समिति गठन गरेको हो ।
नेपाल आदिवासी जनजाति महासघ ३ न. प्रदेश समन्वय परिषदमा १ अध्यक्ष ४ उपाध्यक्ष १ मुख्यसचिव १ कोषाअध्यक्ष ५ सचिव र ८ परिषद सदस्य रहनेगरी जम्मा २१ जनाको समिति गठन गरिएको हो ।
निर्वाचित पदाधिकारीको नामावली
नेपाल तामाङ घेधुङको तर्फबाट अध्यक्ष - काजिमान थिङ तामाङ
किरात याक्थुङ चुम्लुङकोतर्फाबाट उपाध्यक्ष - प्रदिप लिम्बु
किरात राई यायोखाकोतर्फाबाट उपाध्यक्ष -सुमन राई
नेपाल हमोन्मो सघको तर्फाबाट उपाध्यक्ष -जिजी लामा हर्माल्मो
नेपाल पहरी बिकास सघकोतर्फाबाट उपाध्यक्ष -कृशाला नगरकोटी पहरी
माझि उत्थान संघकोतर्फाबाट उपाध्यक्ष -धन बहादुर माझि
तमु ह्युला छोधीकोतर्फाबाट मुख्यसचिव - गोपाल गुरुङ
दनुवार जागरण समियतीकोतर्फाबाट कोषाअध्यक्ष- सुर्यमाया दनुवार
किरात हायु संघकोतर्फाबाट सचिव- भक्त बहादुर हायु
जिरेल संग नेपालकोतर्फाबाट सचिव- लाल बहादुर जिरेल
२ सचिव र ८ परिषद सदस्य भने अन्य जातीय समुदायबाट प्रतिनिधित्व हुनेगरि मनोनित गर्नु पर्ने बाकि रहेको परिषदका उपाध्यक्ष प्रदिप लिम्बुले
जानकारी दिए ।
"सामाजिक मुद्धा सहितको राजनीतिक जागरण, पहिचान सहित सम्वृद्धिका लागि प्रदेश न ३ लाई नेवा: ताम्सालिङ नामकरण " भन्ने मुल नाराका साथ सम्पन्न गरेको अधिवेशलाई नेपाल आदिवासी जनजाति महासघका संघीय परिषदका अध्यक्ष जगत बरामले सिन्धुली माडीको खुल्ला मंचमा दिप प्रज्वलन गरि औपचारिक उद्घाटन गरेको थियो ।