मा. संस्कृति मन्त्री श्री @yogesbhattarai ज्यू, गाई राष्ट्रिय जनावर हो। यसको बध कानूनले बर्जित गरैको छ। तर सरकारी विज्ञापनमै यसरि प्रचार कुन धरातलमा टेकेर गरिएको हो? स. प्रम @PM_Nepal नेपाल कानूनी राज्य त छदै हो र ९५% ओमकार परिवारको आस्थामा किन बारम्वार बलत्कार?#थाहा_चाहियो।
काठमाडौं– गाई नेपालको राष्ट्रिय जनवार हो । संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनेको छ । तर पनि नेपाल हिन्दु बाहुल्य राष्ट्र हो । हिन्दुहरूले गाईलाई पुज्ने गर्छन् । सँगै राष्ट्रिय जनवार भएका कारण गाई काट्नु वा मासु खानु भनेको कानुन विपरितको काम हो । केही समय अघि सुर्खेतमा भिरबाट २ सय भन्दा बढी काईगोरू खसालेर मारेको घटना समेत ताजै छ । उक्त घटनाले दशैभर हंगामा मच्चिएको थियो । अहिले फेरी यस्तै काण्ड बाहिरिएको छ ।
सुर्खेतमा गाई गोरू कसले भिरबाट खसाल्यो भन्ने बहस नसकिँदै सरकारले नै गाईको मासु विक्रि गर्न विज्ञापन गरेको छ । पशु सेवा विभागले ‘बधशाला देखी भान्सासम्म स्वच्छ र स्वस्थ मासु !’ भन्दै गाईको मासु विक्रि गर्न र खान प्रोत्साहित गर्ने गरी विज्ञापन गरेको छ । विभागले छापेको पोस्टरमा कुखुरा, भैंसी, हाँस, बंगुर, बाख्रा, माछासँगै गाईको समेत तस्विर छ ।
सरकारी पोस्टरमै गाईको मासु विक्रि गर्न प्रोहोत्साहीत गरिएपछि सामाजिक सञ्जालमा तिव्र विरोध हुन थालेको छ । सरकारले ९५ प्रतिशत ओमकार परिवारको बारम्बार बलात्कार गरेको आरोप समाजिक सञ्जालमा लागिरहेको छ ।
ट्वीटरमा पर्यटन मन्त्री योगेश भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै गोठाले नामका ट्वीटर प्रयोग कर्ताले सोधेका छन्, ‘गाई राष्ट्रिय जनावर हो। यसको बध कानूनले बर्जित गरैको छ। तर सरकारी विज्ञापनमै यसरि प्रचार कुन धरातलमा टेकेर गरिएको हो ? नेपाल कानूनी राज्य त छदै हो र ९५ प्रतिशत ओमकार परिवारको आस्थामा किन बारम्वार बलत्कार ? थाहा चाहियो ।’