• खोटाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको दुई तिहाईको सरकारले माखो नमार्ने बताएका छन् । मंगलबार खोटाङको दिक्तेलमा आयोजित कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा बिरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले वर्तमान सरकारले आफै विकासको कुनै पनि योजना तर्जुमा गर्न नसकेको बताएका हुन् ।

    ‘यो काण्डै काण्डको सरकार भयो । निर्मलाहत्या काण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड । यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न पर्‍यो,’ महामन्त्री कोइरालाले भने, ‘यो सरकारले कुनै माखो मार्दैन ।

    आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । जति योजना छन्, त्यी बिपिको समयमा, शुसिलको समयमा अथवा शेरबहादुरको पालामा सुरु भएको थियो ।’

    महामन्त्री कोइरालाले दुई तिहाईको सरकार दम्भ पालेर ‘पानी जहाज ल्याइदिने र रेल ल्याइदिने’ भन्दै सपनै सपनामा विलाइरहेको आरोप लगाए । कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा देखिएकाले सबैले मिलेर बचाउनुपर्नेमा जोड दिए ।

    ‘यो संविधानमाथि आक्रमण हुने सम्भावना देखिरहेको छु । हामी मिलेर संविधानलाई जोगाउनु पर्छ,’ कोइरालाले भने, ‘तसर्थ हामी रेलिङ भाँच्ने, कुर्सी भाँच्ने काम गर्दैनौँ । प्रतिपक्षमा बसेर सशक्त भूमीका खेलिरहेका छौँ ।’

    करिब ९ मिनेटमै आफ्नो सम्बोधन टुंग्याएका कोइरालाले कांग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले कांग्रेसलाई ध्वस्त पारेको बताए । ‘कांग्रेसको विचार र इतिहास सुन्दर छ । तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको हो,’ कोइरालाले भने, ‘एउटाले टिकट पाए सबैले जिताउनु पर्नेमा हराउनुपर्छ भनेर लाग्छन्, अनि कहाँबाट कांग्रेसको जित हुन्छ ! तिक्तताले हामीलाई धरासायी पारेको छ ।’ हालसम्म कांग्रेसले गरेका राम्रा कामको प्रचार नगरिएको उल्लेख गर्दै कोइरालाले अवका दिनमा कांग्रेसको योगदानको प्रचार गर्नुपर्नेमा जोड दिए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…