भर्खर २१ बर्षमा प्रबेश गरेकी गायिका अन्नु चौधरीलाई नेपाली अल्का याग्निक भनेर पनि चिन्ने गरिन्छ।कैलालीमा जन्मिएकी अन्नुले आफ्नो गायनको यात्रा थारु गीत बाट गरेकी थिइन ।
बेदर्दी दुनियाँ ,करकै बहाना लगायत लगभग दुई सय थारु गीत गाईसकेकी अन्नुले कैलाली छोडेर काठमाडौं आएको १ बर्ष बित्दै गर्दा आफ्नो सुरिलो स्वरको कारण नेपाली साङ्गितिक दुनियाँमा धेरै मन पराईएकी गायिकाहरु मध्ये आफ्नो नाम पनि स्थापित गर्न सफल भइसकेकी छिन ।
नेपाली साङ्गितिक क्षेत्रमा स्थापित हुनको लागि गायक उत्तम्जङ्ग लिम्बुले भरपुर सहयोग गरेको बताउँने अन्नुले गायक ताराप्रकाश लिम्बुले पनि उतिकै सहयोग गरेको पनि बताउछिन ।
पहिला पहिला हिन्दी गीत मात्र गाउने उनी आजभोली नेपाली गीत गाउन पनि उतिकै रुचाउछिन ।नेपाली भाषामा ५०/६० भन्दा बढी गीत गाईसकेकी अन्नुको बाध न बाध न , दुखसङ्ग, जस्ता गीतहरु धेरै नै लोकप्रिय छन ।
चौधरी समाजमा जन्मेर गाउनको लागि कुनै बाधा ,अडचन नपरेको उनको गायन यात्रामा बुवा आमाले नै साथ दिएको बताउने अन्नुको हासिरहने बानी र थारु लवजमा बोल्ने शैलिले उनको सुन्दरतामा अझ निखार थपिदिएको छ।
हाल १२ कक्षामा अध्यनरत अन्नु अझ साङ्गितिक क्षेत्रमा अगाडी बढन चाहान्छिन ।
बाकि भिडियोमा