• भर्खर २१ बर्षमा प्रबेश गरेकी गायिका अन्नु चौधरीलाई नेपाली अल्का याग्निक भनेर पनि चिन्ने गरिन्छ।कैलालीमा जन्मिएकी अन्नुले आफ्नो गायनको यात्रा थारु गीत बाट गरेकी थिइन ।

    बेदर्दी दुनियाँ ,करकै बहाना लगायत लगभग दुई सय थारु गीत गाईसकेकी अन्नुले कैलाली छोडेर काठमाडौं आएको १ बर्ष बित्दै गर्दा आफ्नो सुरिलो स्वरको कारण नेपाली साङ्गितिक दुनियाँमा धेरै मन पराईएकी गायिकाहरु मध्ये आफ्नो नाम पनि स्थापित गर्न सफल भइसकेकी छिन ।

    नेपाली साङ्गितिक क्षेत्रमा स्थापित हुनको लागि गायक उत्तम्जङ्ग लिम्बुले भरपुर सहयोग गरेको बताउँने अन्नुले गायक ताराप्रकाश लिम्बुले पनि उतिकै सहयोग गरेको पनि बताउछिन ।

    पहिला पहिला हिन्दी गीत मात्र गाउने उनी आजभोली नेपाली गीत गाउन पनि उतिकै रुचाउछिन ।नेपाली भाषामा ५०/६० भन्दा बढी गीत गाईसकेकी अन्नुको बाध न बाध न , दुखसङ्ग, जस्ता गीतहरु धेरै नै लोकप्रिय छन ।

    चौधरी समाजमा जन्मेर गाउनको लागि कुनै बाधा ,अडचन नपरेको उनको गायन यात्रामा बुवा आमाले नै साथ दिएको बताउने अन्नुको हासिरहने बानी र थारु लवजमा बोल्ने शैलिले उनको सुन्दरतामा अझ निखार थपिदिएको छ।

    हाल १२ कक्षामा अध्यनरत अन्नु अझ साङ्गितिक क्षेत्रमा अगाडी बढन चाहान्छिन ।

    बाकि भिडियोमा

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…