• सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झूटो आरोपकै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् ।

    “बलात्कार गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष पक्राउ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेपछि मलाई बलात्कार गर्‍यो भनी झूटो आरोप लगाउने महिलालाई के हुन्छ सजाय ?” सरुको प्रश्न छ । मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शारीरिक सम्बन्ध राख्ने तर मन मिल्न छोडेमा जबरजस्ती गर्‍यो भन्दै बलात्कार मुद्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको सरुको दाबी छ ।

    दलित अगुवा सरुले यो समस्या दलित युवा र गैर दलित महिलामा बढी रहेको बताउँछन् । उनले गैर दलित युवतीले पहिला खुशीले प्रेम गर्ने, विवाह गर्ने तर केही समस्या आएपछि जबरजस्ती गर्‍यो, जात ढाट्यो, बलात्कार गर्‍यो भन्दै दलित युवाहरुलाई फसाउने गरेको बताइन् ।

    “गैरदलित केटीले पहिला दलित युवासँग राजीखुसी प्रेम गर्ने, विवाह गर्ने अनि घर परिवारले थाहा पाएपछि अस्वीकार गर्दै जबर्जस्ती मलाई जात ढाट्यो थाहै नपाइ बलात्कार गर्‍यो भनी बिचरा सिधा दलित युवालाई फसाउने काम भइरहेको छ, यस्ता महिलाहरुलाई किन कारवाही हुँदैन ? महिलाहरु भन्दैमा जे गर्न पनि छुट हुन्छ ?”

    उनले बास्तवमै बलात्कृत भएका महिलाहरुले न्याय नपाएको समेत बताएकी छन् । दलित युवासँग गैर दलित युवतीले गरेको अधिकांश विवाह बलात्कार मुद्दामा परिणत भएका सरुको दाबी छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…