• आर पोखरेल, काठमान्डाँै , कात्र्तिक ३ काठमाडौं –नेपाली हरुको दोश्रो ठुलो चाड तिहार लाई लक्षित गरेर मौलिक सिर्जनाहरु बजारमा ल्याउदैँ आएको गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा फरक तरिकाबाट हाल सम्मकै सर्वोकृष्ट रचना ’सोरठी देउसी भैलो ’गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रामु विरही , धर्तिमा थापा मगर विष्णु सिंह , विनिता गुरुङ , सञ्जय परियार , सामना मगर , गोविन्द पराजुली र मिलन थापा मगरको आवाजमा रहको मौलिक देउसी भौलो सोरठी नृत्यका साथ बजारमा आएको हो । नेपाली कला र सस्कृतिलाई मौलिकतालाई प्रस्तुत गर्नको लागी आफुले सो गीतलाई फरक तरिकाबाट प्रस्तुत गरिएको रामु विरहीले बताए । रामु विरही र पुर्ण बुढा मगरको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा समावेश गरिएको छ । आपसी रुपमा सदभाव र भाइचाराको अभिबृद्धिका लागी गीतमा आग्रह गरिएको छ । प्रवेश पोखरेलको छायाँकन , दलर्भ श्रेष्ठको सम्पादन तथा रामु विरहीको निर्देशन तथा मनिषा राईको कोरियाग्राफी रहेको छ । ’सोरठी देउसी भैलो ’ गीतको भिडियोमा रामु विरही , मनिषा राई , समिर विक , माधव प्रसाद सिक्देल र प्रकाश रोक्काको अभिनय रहेको छ । ’सोरठी देउसी भैलो ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

सम्वन्धित समाचार

असार २० उर्लाबारी मोरङको बेलबारी नगरपालिका ७ दौलतपुरमा आफ्नै श्रीमानले राति सुत्ने कोठाभित्रै काठको म…

कमल सिंह ठकुरी काठमाडौं १३, २०७६ माघ : गायक प्रेम सोनिको एकल आवाजमा रहेको बिदेशी डलर बोलको गीत भर्खरै…

कमल सिंह ठकुरी/काठमाडौं १४, २०७६ कार्तिक गजलकार दिपक आचार्य ´जलन`को गजल संग्रह "अचानोमा दिल…

आर पोखरेल, काठमान्डौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परिया…