• के हो ओखरको महिमा ?

    ओखर सन्तुलित खाना हो । ओखर स्वास्थको लागि निकै नै फाइदाजनक मानिन्छ । ओखरमा भिटामिन, मिनिरल र फ्याट पाइन्छ । आइरन, सेलेनियम, क्याल्सियम, जिंक, भिटामिन इ र बी ओखरमा पाइन्छ ।

    त्यसो त ओखरको प्रयोगमा माछामा पाइने भिटामीन ओमेगा–३ पनि पाइन्छ । यसमा पाइने एन्टीअक्सिडेन्टले मानिसको शरीरमा रहेको कोलस्ट्रोल कम गर्छ । मुटुका विरामीलाई दैनिक एक ओखरको सेवन फाइदाजनक हुने विज्ञहरुको सुझाव छ ।

    ओखरमा शरीरलाई चाहिने आवश्यक चिल्लो पदार्थ हुन्छ । ओखर डायटको रुपमा पनि प्रयोग गर्न सकिन्छ । भनिन्छ, ओखरको प्रयोग जिउ सुन्निने, मधुमेह,अल्जाइमर र क्यान्सरका विरामीलाई पनि उपयोगी हुन्छ । हामीले खाने ओखरमा माइक्रोबाइटा भन्ने तत्व पाईन्छ । यसको प्रयोगले पेट सफा राख्छ ।

    शरीरको वजन बढि भएका व्यक्तिले दिनहुँ ओखरको मात्रा मिलाएर खाएमा शरीरको वजन घट्ने प्रमाण खोजले सार्वजनिक गरेको छ । भनिन्छ, २८ ग्राम दैनिक ओखरको सेवनले मानिसमा हुने रक्तचाप कम गर्छ । त्यसकारण हृदयाघात र मुटुको रोग कम हुने प्रमाण देखिन्छ ।

    मानिसमा कम उमेरमै देखिने चाउरीपना र बुढेसकाल दैनिक ओखरको सेवनबाट हट्ने तथ्याङ्क बैज्ञानिकका अनुसन्धानबाट पत्ता लगाइएको छ ।
    ओखरको महिमा तिहारमा विशेष छ ।

    भाइमसलाको रुपमा प्रयोग हुने ओखरको आयात ३ सय प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । गत वर्षको तुलनामा यसपालीको तिहार अघिको दुई महिनामा ओखर आयात निकै बढेको बताईएको छ ।

    भन्सार विभागको तथ्यांक अनुसार, यो आर्थिक वर्षको पहिलो दुई महिनामा ११ करोड रुपैयाँभन्दा बढीको ओखर आयात भएको छ । साउन र भदौ महिनामा विभिन्न मुलुकबाट त्यति मूल्य बराबरको ओखर आयात भएको हो ।

    यो वर्षको साउन र भदौ महिनामा ११ करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३ लाख ५७ लाख ४६ हजार ७ सय केजी ओखर आयात सरकारी तथ्यांकमा उल्लेख छ ।
    ओखर खासगरी तिहार पर्वमा धेरै प्रयोग हुनेगर्छ । भाईटीकाको दिन दाजुभाईलाई उपहार स्वरुप दिईने मसलामा ओखर एउटा मुख्य सामग्री मानिन्छ । नेपालमा यसको उत्पादन नहुँदा भारत र चीन लगायतका देशबाट ओखर आउने गरेको छ ।

    भन्सार विभागले जनाए अनुसार, नेपाली बजारमा दुई किसिमका ओखर ल्याउने गरिएको छ । फोकेको र नफोकेको भनी बुझिने ओखरमध्ये अधिकांश नफोकेको नेपाली बजारम पाईन्छ । बोक्रा नझिकेकोलाई नफोकेको भनी बुझिने गरिन्छ ।

    गत आर्थिक वर्ष २०७५?७६ मा नेपालमा २१ करोड ७८ लाख ४७ हजार रुपैयाँको ओखर भित्रिएको थियो । उक्त मूल्यमा ७ लाख ७९ हजार ४ सय ६२ केजी ओखर आयात भएको थियो ।

    अघिल्लो आर्थिक वर्ष २०७४र७५ मा १४ करोड ४२ लाख ५ हजार मूल्य बराबरको ६ लाख २ हजार ३ सय ६७ केजी ओखर आयात भएको थियो ।

    ओखर मुख्य त भारत र चीनबाट आयात हुन्छ । तिहार नजिकिँदै गर्दा ओखर आयात बढ्दै जाने गरेको छ । पछिल्लो दुई महिनामा मात्रै चीनबाट २ लाख ४९ हजार २ सय ४१ किलोग्राम ओखर आयात भएको छ । यो रसुवागढी नाकाबाट भित्रिएको हो ।

    ad

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…