• काठमाडौं । नेपाल तरुण दलले आफ्नो ६६औँ स्थापना दिवस भव्यताका मनाएको छ ।

    ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय परिसरमा आइतबार नेपाल तरुण दलले आफ्नो स्थापना दिवस भव्यताका साथ मनाएको हो ।

    चियापान तथा शुभकाम आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा नेपाली कांग्रेसका उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री डा.प्रकाश शरण महत, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकुष्ण खाँण, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गरेका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्ष उत्तम चापागाइँ तथा स्वागत मन्तव्य कोषाध्यक्ष विद्वान गुरुङले गरेका थिए ।

    पाँच हजारभन्दा धेरै युवा तथा तरुणहरूको उपस्थिति रहेको नेपाल तरुण दलको ६६औँ स्थापना दिवसलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै शुभकामना दिएका थिए ।

    देउवाले आउँदै गरेको उपनिर्वाचनमा युवा तरुणहरूले विशेष भूमिका खेल्नुपर्ने बताए ।

    नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तरुण दलले तिहारपछि पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताए । उनले तरुण दलले उपनिवार्चनमा विशेष भूमिका खेल्ने बताए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…