• पछिल्ला केही महिना यता विश्व बजारमा सुन तथा तेलको भाउमा उतारचढाव भइरहेको छ ।
    काठमाडौं । पछिल्ला केही महिना यता विश्व बजारमा सुन तथा तेलको भाउमा उतारचढाव भइरहेको छ । जसले गर्दा सुनको भाउ कहिले बढ्ने त कहिले घट्ने घट्नेक्रम चलिरहन्छ । पछिल्लो समय सुनको भाउ बढेसँगै कारोबार ठप्प बनेको थियो । सुनको भाउ उच्च बिन्दूमा पुगेकै कारण पछिल्ला महिलना सुनको कारोबार ठप्प जस्तै बनेको थियो ।

    जसले गर्दा तिज र दसैं पनि सुनको कारोबार उत्साहजनक हुन सको न । तर, तिहारमा भने सुनको व्यापारमा उलेख्य सुधार आएको छ ।

    तिहारको पाँच दिनमा नै १० अर्ब रुपैयाँको सुनको कारोबार भएको छ।

    नेपाल सुनचाँदी महासंघले तिहारमा पाँच अर्बको कारोबार हुने अनुमान गरेको जनाउँदै सोचे भन्दा दोब्बर कारोबार भएको जनाएको छ ।

    तिहारमा भएको सुनचाँदीको कारोबारलाई व्यवसायीहरुले उत्साहजनक भनेका छन् । सुस्ताएको कारोबार फेरि फस्टाएको अनुभूति तिहारको व्यापारले गराएको भन्दै व्यवसायीहरुमा उत्साह थपिएको छ ।

    वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ । यसपटक ३५ प्रतिशतभन्दा बढि कारोबार भएको व्यवसायीको ठहर छ ।

    तिजको मुखसम्म आइपुग्दा सुन प्रतितोला ७३ हजारसम्म पुगेको थियो । तर, यो क्रमश घट्दै तिहारसम्ममा ७० हजारसम्ममा आइपुगेको थियो । अहिले सुन प्रतितोला ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …