• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको छ । राष्ट्रको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी लुकाएर उनकै सचिवालयले यस्तो खेलबाड गरेको हो ।

    अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरियो । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सामान्य फलोअप मात्रै हो भन्ने प्रतिक्रिया दिए । लाग्छकी प्रधानमन्त्री ब्लड प्रेस चेक गर्न मात्रै गएझै गरेर प्रधानमन्त्रीको सचिवालयले उहाँको स्वास्थ्यलाई प्रस्तुत गर्दै आएको छ ।

    अस्पतालका निर्देशक डा.चक्रराज पाण्डे र प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा.दिव्या सिंहले बुधबार साँझ जारी गरेको विज्ञप्तीमा पनि प्रधानमन्त्रीको स्वास्थयका विवरण जनतालाई थाहा दिने भन्दा लुकाउने प्रयास गरिएको छ । चिकित्सकीय मर्यादा विपरीत प्रधानमन्त्री ओलीलाई ‘आज राति वा भोली बिहानसम्म डिस्चार्ज’ गरिनेछ भनी विज्ञप्तीमा उल्लेख छ । अस्पतालमा भर्ना भइसकेको बिरामीको डिस्चार्जको भविष्यण्वाणी सार्वजनिक गरेर यथार्थ अवस्था भने लुकाउन खोजिएको हो । १२ वर्षअघि मृगौला प्रतयारोपण गराउनुभएका प्रधानमन्त्री ओलीले बारम्बार स्वास्थय समस्या झेल्दै आउनुभएको छ । गत भदौमा मात्रै लगातार दुईपटक सिंगापुरमा लामो उपचार गराएर उहाँ फर्कनुभएको थियो ।

    सामान्य फलोअप भनिएपनि प्रधानमन्त्रीको स्वास्थ्यमा गम्भीर समस्या देखिएकोले डायलासिस गरिएको छ । मृगौलाले काम गर्न छाडेपछि डायलासिस गर्ने गरिन्छ । सामान्य मृगौला रोगीहरुले पनि नियमित रुपमा डायलासिस गराइरहेका हुन्छ । यो चरणमा पुग्नु भनेको प्रधानमन्त्री ओलीको पनि नियमित डायलासिस गर्नुपर्ने अवस्था हो । यद्यपि प्रधानमन्त्रीको स्वास्थ्यका अन्य सूचकहरु सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री अस्वस्थ रहेको विवरण लुकाउनुभन्दा यथार्थ जानकारी दिएर कार्यकारी प्रमुखको स्वास्थ्यबारे जनतालाई बताउनु उपयुक्त हुन्छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…