• बैतडी । आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले आज बैतडीको दोगडाकेदार–४ मा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । दोगडाकेदार गाउँपालिका–४ को वडा कार्यसमितिको बैठकले सुरेन्द्रप्रसाद भट्टको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको काङ्ग्रेस वडा कार्यसमिति सदस्य उमेश भट्टले जानकारी दिए ।

    वडा कार्यसमितिका संयोजक चन्द्रदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बैठकले प्रचारप्रसारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउनेसमेत निर्णय गरेको छ । बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका– १ र पुर्चौडी नगरपालिका–४ मा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।

    नेकपाले यसअघि नै उपनिर्वाचन हुने सबै वडामा आफ्ना उम्मेदवार टुङ्गो लगाइसकेको छ । काङ्ग्रेसले भने अन्य २ वडा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको छ । यसका साथै उम्मेदवार छनौटका अन्य साना दलले पनि आन्तरिक छलफल गरिरहेक

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…