• आर एन चौधरी थारु- मलेसिया। विश्व नेपाली साहित्य महासंघ मलेसिया,आयोजना तथा किरात याक्थुङ चुम्लुङ मलेशिया, परदेशी रेस्टुरेन्ट कोतराया र सुम्निमा रेस्टुरेन्ट इपो सह-प्रायोजन गर्दै मलेसियामा पहिलो पटक कविता कन्सर्टको आयोजना हुने भएको छ। मलेसियाको राजधानी क्वालालम्पुर स्थित द-फाइभ इमिमेन्ट होटलमा ४ फेब्रुअरी २०१८ आइतबार आयोजना गरिएको बताइएको छ । उक्त कविता कन्सर्टमा प्रस्तुति दिन नेपालबाट कबिकार युवा स्वप्निल स्मृती मलेसिया आउने भएका छन् ।कवि स्मृतिका हालसम्म रंगै रंगको भीर, बाडुली र सुदुर सम्झाउन कविता संग्रह प्रकाशित भैसकेको छन। कवि स्मृति बहुल रंगवादका प्रमुख अभियान्ता समेत हुन ।

    कार्यक्रमको मुख्य उदेश्य परदेशमा धेरै कलाकारहरु आए सांस्कृतिक कार्यक्रमहरु भए, सम्पन्न भए यसमा भब्य मनोरञ्जन गर्यो हाम्रो दुख बिस्रयो तर हामी भित्रको भावना, देशप्रेम पोख्न भने पाएनौँ । त्यसैले अब हामी रमाउने मात्र होइन हामी देशप्रती गम्भीर हुन जरुरी छ। पुर्वमेची देखि महाकालीसम्मका हामी प्रवासीहरुसँग भेटघाट हुने स्थान हो त्यसैले पनि यो परदेशमा हामि सबै को आत्मियता अझै सद्भाव बढाउनुका लागि र,एक ऐतिहासिक कला सांकृतिक,सामाजिक अवस्था वा भेदभाव बारेमा जानकारी लिन सजिलो होस , साथै यो कविता कन्सर्टले नेपालको अवस्था कस्तो छ ? र कस्तो हुनुपर्छ ? भन्ने भन्ने प्रश्नको जवाफ दिनेछ ।

    हुन त सांस्कृतिक कार्यक्रममा जस्तो साहित्यिक कार्यक्रममा नेपालिहरुको पातलो उपस्थित हुन्छ तर पनि जति उपस्थित हुन्छन ,तिनिहरु साच्चै परिवर्तन चाहानेहरु उपस्थित हुने आफु ढुक्क रहेको विश्व साहित्य महासंघ मलेसियाका अध्यक्ष अमृत लिम्बु बताउनु हुन्छ ।एक प्रशंगमा उनले थपे यो एउटा वौद्धिक साहित्यिक आन्दोलन हो । त्यसैले यो आन्दोलनले प्रवाशमा नाच्ने उफ्रने मात्र काम गर्ने मस्तिस्कमा सानो देशभक्ति सन्देश छर्नको साथै ब्यस्त काठमाण्डौलाइ ब्युजाउने काम गर्ने दाबि गर्नु भयो। उक्त कार्यक्रम मलेसियाको समय अनुसार ११ बजेबाट द-फाईभ ईमिमेन्टको सभा हलमा हुने आयोजकले बताएको छ।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …