• उर्लाबारी, ७ कार्तिक
    उर्लाबारी – ७ स्थित मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष र सचिवको मिलेमतोमा एकजना शेयर सदस्य ऋणीको घरजग्गा दृृष्टिबन्धक पास गर्नुपर्नेमा राजीनामा पास गरेको खुलासा भएको छ ।
    उर्लाबारी – ४ फूलबारी चोककी कमला तामाङले १० धुर जग्गा र डेढ तले आरसीसी घर धितो राखेर सो सहकारीबाट २५ लाख रुपैयाँ ऋण लिएकी थिईन् । यद्यपि संस्थाका अध्यक्ष ध्रुबचन्द्र पराजुली र सचिव मात्रिका दाहालले संस्थाको नाममा दृष्टिबन्धक पास नगरी सोझैँ आफ्नै नाममा राजीनामा पास गरेको पीडित कमला तामाङले शनिवार उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिईन् । २०७४ भदौँ १८ गते सो सहकारीको साधारण शेयर सदस्य भई नियमित रुपमा कारोबार गर्दै आएकी तामाङले २०७५ माघ १३ गते दुई लाख ५० हजार रुपैयाँ शेयर रकम पुर्याएकी थिईन् । उर्लाबारीको मधुमल्ला रोडमा हेवन भ्याली होटल संचालन गर्दै आएकी तामाङले आफ्नो व्यवसायलाई स्तरोन्नतिका लागि सहकारीबाट रु २५. लाख ऋण माग गरेकी थिईन् ।

    सहकारीलाई देखाएर ऋण उपलब्ध गराएपनि अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीको नाममा नभई जग्गा र घर आफ्नै नाममा राजीनामा पास गराएको खुलेको हो । जालसाजी गरी अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीमा राखिएको भनिएको घरजग्गा आफ्नै नाममा पारेको थाहा पाएपछि ऋणी कमला तामाङका नाबालक छोराहरु कर्मा छिरिङ तामाङ र लेकी दोर्जे तामाङले जिल्ला अदालत मोरङमा अंश हकदाबी गर्दै मुद्धा दायर गरेका थिए । गत कार्तिक २४ गते संस्थामा तामाङको नाममा रहेको १७ लाख ५० हजार ८ सय १५ रुपैयाँ साँवा ब्याज चुक्ता गरेको देखिएको छ । तामाङले गत फागुनसम्ममै ८ लाख रुपैयाँ किस्ता बुझाईसकेकी थिइन् ।

    यसअघि कमला तामाङले सुनचाँदीको ब्यापारीसमेत रहेका सचिव दाहालको पसलमा एनएमबी बैँकको चेकबुक छाडेकी थिईन् । सोही क्रममा अध्यक्ष र सचिवले एकप्रति चेक गायब पारेको तामाङले बताइन् । मुद्धाका क्रममा अदालती पक्रिया सुरु भएपछि सोही चेकमा कमला तामाङको किर्ते हस्ताक्षर गरी कार्तिक २४ गते नै एनएमबी बैँकमा १७ लाख १६ हजार ६ सय ५० रुपैयाँ निकाल्न खोजिएको तामाङले बताएकी छिन् । सोही दिन सहकारी संस्थामा आफ्नो नाममा रहेको ऋण चुक्ता भएको पाइएपनि सोही चेकमार्फत बैँकबाट पुन ः रकम निकाल्न खोजेको तामाङले बताईन् ।

    खातामा सो बराबरको रकम नदेखिएपछि सहकारीका व्यवस्थापक अशेषकुमार थापाले संस्थाको लेटर प्याडमार्फत एनएमबी बैँक मधुमल्ला शाखालाई तामाङको खातालाई कालोसुचीमा राखी कारबाही अगाडि बढाउन भन्दै निवेदन दिएका थिए ।
    पिडीत तामाङले पत्रकार सम्मेलनमार्फत आफूलाई न्याय दिलाईदिन सहकारीका नियमक निकाय लगायत सम्बन्धित सरोकारवाला सबैमा आग्रह गरेकी छिन् । उनले आफूलाई सहकारीको नाममा ऋण दिएर ब्यक्तिको नाममा घरजग्गा पास गराएको भन्दै अध्यक्ष पराजुली र सचिव दाहाललाई कारबाही गर्न सम्बन्धित निकायमा आग्रह गरेकी छिन् ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…