• काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई द्धितिय अध्यक्षको संज्ञा दिनुभएको छ ।

    उहाँले नेकपामा आफु प्रथम अध्यक्ष र प्रचण्ड द्धितिय अध्यक्ष भएको बताउनुभयो । प्रचण्ड भन्दा आफु नै बरिष्ठ भएकाले आफु प्रथम अध्यक्ष र त्यसपछिको अध्यक्ष मात्रै प्रचण्ड भएको ओलीले तर्क गर्नुभयो ।

    नेकपा सचिवालय बैठकले ओली र प्रचण्डलाई समान वरियता दिँदै प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गरेको भनिएपनि ओलीले समान बरियता नभई आफु बरिष्ठ र प्रथम अध्यक्ष भएको दावी गर्नुभएको हो ।

    अध्यक्ष भन्ने पद आफैमा कार्यकारी भएकाले निस्कीय र सक्रिय अध्यक्ष भन्ने नहुने तर्क प्रधानमन्त्री ओलीको छ ।
    उहाँले आफु सरकार तिर र प्रचण्ड पार्टी तिर बढी केन्द्रीत हुने बाहेक नयाँ बरियता र जिम्मेबारी परिवर्तन केही नभएको दावी गर्नुभयो । आफूले नचाहेको र नभएको बेलामा प्रचण्डले बैठकको अध्यक्षता गर्ने प्रधानमन्त्री ओलीको आसय छ ।

    कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायर साइड’ लाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले विगतमा सरकारको नेतृत्व आधाआधा गर्ने भएपनि अहिले त्यसलाई संशोधन गरेर पाँच वर्ष नै आफू प्रधानमन्त्री बन्ने समझदारी भएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितीय उहाँ (प्रचण्ड) हुनुहुन्छ ।” प्रधानमन्त्री ओलीले थप जानकारी दिदै भन्नुभयो, “विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ, सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो, उहाँ अर्को अध्यक्ष हो ।’

    ‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । पहिले मैलेमात्रै अध्यक्षता गर्थेँ, अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ’, ओलीले भन्नुभयो ।

    जसले जे भनेपनि पार्टीमा सिनियारिटी र जुनियारिटी भने हुने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नु भएको छ ।

    कसैलाई रिस उठ्यो भने आधा समय भनेर कराउँथे त्यो सकियो,’ ओलीको भनाई थियो ।

    ओलीले प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बिना मगरको निरन्तरका विषयमा भने मुख खोल्नुभएन। ‘त्यो (बिना मगरको निरन्तरता) जसलाई सोध्नुपर्ने हो, उसैलाई सोध्नु,’ समेत भन्न भ्याउनु भयो । अन्तरवार्ताका क्रममा प्रचण्ड र आफुले राष्ट्रपतिलाई देशको अवस्थाबारे बिफ्रिङ मात्र गरेको तर, कुनै केही सहमतिमा साक्षी नराखेको भनाई थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…