• देबु बानियाँ
    बाहुण्डाँगी । म्याग्दी जेसीजले आयोजना गरेको १८ औँ म्याग्दी जेसीज कप सुरु भएको छ । औपचारिक रुपमा सोमवारबाट सुरु भए पनि खेल भने मंगलबारबाट सुरु भएका थिए । मंगलवार पहिलो दिनमै ५ वटा खेल सम्पन्न भएका छन् । बेनी नगरनगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको शाखा अध्यक्ष खमबहादुर थापाले बताउनु भयो । उद्घाटन खेलमा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष तथा २०२० का लागि राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार अशोक शंकरको समेत सहभागिता रहेको थियो ।
    प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय माविले बिजयी यात्रा सुरु गरेको छ ।

    उद्घाटन खेलमा मालिका गाउँपालिका–५ देविस्थानको गौबमबस्थ माविलाई शुन्यका विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले बिजयी सुरुवात गरको हो । भने यसैगरी केबी एकेडेमी बोर्डिङ स्कुल ,बेनी इङलीस बोर्डिङ स्कुल ,जनप्रिय मावि र धौलागिरी मावि संगाले पनि बिजयी सुरुवात गरेका छन् । केबी एकेडेमीले प्रकाश माविलाई ,बेनी इङलीस बोर्डिङले लिटल गार्डे एकेडेमीलाई ,जनप्रिय माविले दरबाङ ईङलीस बोर्डिङ स्कुललाई र धौलागिरी माविले महेन्द्र रत्न मावि बरङजालाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका हुन्

    गण्डकी प्रदेशका साँसद विनोद केसीले सोमबार साँझ उद्घाटन गर्नुभएको प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सुभारम्भ गर्नुभएको थियो । मेयर श्रेष्ठले प्रतियोगिताले म्याग्दीमा फुटवल खेलको विकास र प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।
    म्याग्दी जिल्लाकै प्रतिष्ठा मानिएको यो प्रतियोगिताका विजेताले नगद ५१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यसैगरि उपविजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित रु ३१ हजार, अनुशासित टिमलाई नगद र ७ हजार ७७७ पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उत्कृष्ट कोचलाई समेत नगद रु २ हजार पाँच सय सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिताका मुल संयोजक भण्डारीले जानकारी दिनुभयो ।
    प्रतियोगितामा म्याग्दी जिल्लाका २० वटा विद्यालयहरुको सहभागिता रहेको महासचिव सन्दिप खत्रीले बताउनु भयो ।
    प्रतियोगिताको फाइनल खेल १४ गते शनिवार हुनेछ ।

    प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर÷रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको म्याग्दी जेसिजका शाखा अध्यक्ष खम थापाले जानकारी दिनुभयो । ‘म्याग्दीमा हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवल विद्यालय स्तरमा हुने लोकप्रिय प्रतियोगिताको रुपमा चिनिएको छ,’अध्यक्ष थापा मगरले भन्नुभयो । ‘यस प्रतियोगितालाई म्याग्दी जेसिजले आर्थिक संकलन गरि निरन्तरता दिँदै आएको छ ।’

    शाखा अध्यक्ष थापा मगरको अध्यक्षता,मुल संयोजक हरि भण्डारीको स्वागत र महासचिब सन्दीप खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…