• अप्रेसन अगाडि नै एपेन्डिसाइटिस फुटेको र शरिरमा संक्रमणको जोखिम भएकाले भेन्टिलेटरमा राखिएको स्रोत बताउँछ ।
    सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । तर मंगलबार बिहान मात्र उनलाई अस्पताल लगिएको थियो । अस्पताल जान ढिलो हुँदा एपेन्डिसाइटिस फुटेको आँकलन गरिएको छ । एपेन्ठिसाइटिस फुटेर हुने संक्रमणलाई गम्भीर मानिन्छ ।

    एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ ।

    प्रा. डा. पलेशवान जोशी लाखेको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा पेटमा जमेको करिब आधा लिटर पिप हटाएका थिए । ओलीलाई विशेष निगरानीमा राखिएो अस्पताल स्रोत बताउँछ । अस्पतालले जारी गरेको बिज्ञप्तीमा उनको अवस्था स्थिर छ । उनलाई भेट्न नेताहरु अस्पताल पुगेपछि भेट गर्न दिइएको छैन ।
    मिर्गाेलाको रोगबाट समेत पीडित ओलीले सोमबार मात्र ग्रान्डि अस्पताल गएर डायलसिस गरेका थिए ।

    के हो एपेन्डिसाइटिस?
    एपेन्डिसाइटिस एउटा इमर्जेन्सी अवस्था भएकाले पेट दुखेको २४ घण्टा भित्रै अप्रशन गरेर एपेन्डिक्स भन्ने अंगलाई पेटबाट काटेर फाल्नुपर्छ।

    हाम्रो शरीरमा विकास भएको तर काम नलाग्ने अङ्गका रुपमा रहेको एपेन्डिक्स ५ देखि ७ सेमि जति लामो ट्युव आकारमा दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडिपट्टी रहेको हुन्छ।

    एपेन्डिसाइटिस हुनुको प्रमुख कारण एपेन्डिक्सको नलीमा कुनै संक्रमण, पेटमा रहेका परिजीबी हो। फाइबर नभएको खाना खाँदा, लामो समयसम्म कब्जियत भएपनि यो समस्या आउने गर्छ। यसरी लगातार एपेन्डिक्समा लामो समयसम्म रुकावट आउनाले यो सुन्निएर संक्रमण भई फुट्ने अवस्थामा आउँछ। यदी यो फुट्यो भने पेट र रगतमा संक्रमण फैलाउने संभावना हुन्छ।

    यो रोग नभइ इमर्जेन्सी अवस्था हो। ट्युवमा कुनै संक्रमण भए पश्चात अचानक ग्याँष्टिकका लक्षणहरु जस्तै महशुश हुने, वाकवाकी लाग्ने, नाइटोको वरीपरि दुख्न, हल्का ज्वरो आउने, वान्ता हुने, जस्ता लक्षणहरु शुरुमा देखा पर्छन्। विस्तारै लक्षण बढ्दै गएपछि बेस्सरी पेट दुख्ने तथा पेटको तल्लो दायाँ भागमा दुख्ने क्रम बढदै जाने हुन्छ।

    यस्तो भएमा कसैलाई झाडापखाला तथा छिटो–छिटो पिसाब लाग्ने हुन्छ। यी लक्षणहरु अप्रेशन गर्नुभन्दा ७ देखि ८ घण्टा अगाडि देखा पर्छन्। यसको मुख्य लक्षण भनेको नै बेस्सरी पेट दुख्नु भएकाले के कारणले पेट दुखेको हो भन्ने पत्ता लगाउन विभिन्न परिक्षणहरु जस्तै रक्त परिक्षण, युरिन टेष्ट तथा अल्ट्रासाउण्डद्वारा एपेन्डिक्स सुन्निएको मात्र हो या फुटिनै सकेको छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ। यी रिपोर्टका आधारमा डाक्टरहरुले अवस्था हेरेर उपचार शुरु गर्छन्।

    जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि एपेन्डिसाइटिस हुन सक्छ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …