• काठमाडौं–  सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी डा. गोविन्द केसीविरुद्धको मुद्दाको बहस तीन घण्टादेखि जारी छ ।

    ११ बजेबाट शुरु भएको इजलासमा  डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमा भइरहेको बहसमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको दोहोर्याएका छन् । तर, केसीको अभिव्यक्तिप्रति केही अधिवक्ताहरुले  आपत्ति जनाएका थिए ।

    डा. केसीविरुद्ध परेको मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेका बेला केसीले केही बोल्न खोजेपछि समय दिइदा उनले त्यस्तो बताएका हुन् ।

    त्यसक्रममा केसीले आफू कसैको दास नभएर सार्वभौम देशको सचेत नागरिक भएको भन्दै  संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताएका थिए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…