मंसिर १७, पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिकामा सामुदायिक कुकुरको विगविग बढे सगै शक्रमित कुकुरको टोकाईबाट सर्ने रोग रेविज लाई न्युनिकरण गर्ने उद्धेश्यले कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न थालिएको छ ।
पछिल्लो समय पालिकाको बजार क्षेत्र वडा नम्वर १ र अन्य वडा हरुमा सामुदायिक कुकुरले टोक्ने, बालबच्चालाई झम्टीने, गुडिरहेको मोटरसाईकल लगाएत अन्य सवारीका साधनलाई लखेट्ने गर्दा दुर्घटनाको समभावना उच्च रहेको छ ।
यति मात्र हैन रातको समयमा सामुदायिक कुकुरहरुको झुण्ड नै बनेर रातभरि रुने गर्नाले पनि सामुदायिक कुकुर स्थानियहरुका लागि सकसको विषय बनेको छ ।
यावत समस्याको निराकरण गर्नका लागि पथरीशनिश्चरे नगरपालिकाको पशुपन्छी शाखाको आयोजना र हार्टको प्राबिधिक सहयोगमा ४ दिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालनमा ल्याईएको हो ।
समुन्नत पशुपन्छी तथा माछापालन, सम्पन्न किसान, समृद नगर भन्ने मुलनाराका साथ अभियान मंसिर १७ गतेबाट सुरु गरिएको हो । अभियान २० गतेसम्म चल्ने भएको छ ।
अभियानको उद्घाटन गर्दै नगर उप– प्रमुख यमुना विष्ट वास्तोलाले नगरलाई रेविज मुक्त बनाउन र कुकुरहरुको व्यवस्थापन गर्न यसखाले अभियान थालिएको बताउनु भयो ।
गत आर्थिक वर्षको तथ्याङकलाई हेर्ने हो भने पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा बसोवास गर्ने २ सय देखि ३ सय व्याक्ति कुकुरको टोकाईको शिकार बन्ने गरेको नगर स्वास्थ्य सम्योजक मुरारी आर्चाय बताउनु हुन्छ ।
सामुदायिक कुकुरको बढ्दो जनसङख्याका कारण मानविय सक्रमण मात्र नबढेर चरिचरनमा बाधिएका अन्य घरपालुवा जनवारलाई पनि शङक्रमित कुकुरले टोक्दा ति जनवार बाट मानिसमा रोग सर्ने सम्भावना पनि उच्च रहेको जानकारवालाहरु बताउछन् ।
लामो समय देखि सामुदायिक कुकुरको समस्या झेल्दै आएका स्थानियहरु भने नगरपालिकाले ल्याएको यो अभियान अत्यन्तै राम्रो भएको तर्क राख्दछन् ।
हिमालयन एनिमल रेस्कुयु ट्रस्ट(हार्ट) को तर्फबाट ३ जना कुकुर विशेषज्ञ भेटेनरी डाक्टर सहित ११ जनाको टोलिले शिविर संचालन गरिरहेको छ ।
विशेष गरि रेविज रोग कुकुर, बाँदर र चमेराको टोकाई बाट सर्ने भएता पनि यस क्षेत्रमा अन्य २ प्रजातिको बाहुलियता नरहेका रोग सर्ने मुख्य कारक तत्व सामुदायिक कुकुर नै भएको हिमालयन एनिमल रेस्कुयु ट्रस्ट(हार्ट) सयोजक चन्द्र राई बताउनु हुन्छ ।
शान्ती सामुदायिक वन कार्यालयको प्राङ्गणमा संचालित शिविरमा तेस्रो दिन सम्ममा २०० वटा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहेको प्राबिधिक तर्फका एक बुद्दि रसाईलीले बताए ।
शिविरमा पहिलो दिन डागो र छाउरी गरि दैनिक ४० वटा सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण गरेको जनाइएको छ ।