• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनका लागि आइतवारसम्म ५० वटा शाखाका ५ सय ५९ जनाको रजिष्ट्रेशन भएको छ ।
    मंसिर २४ गते मंगलवारसम्मका लागि आवाससहितको प्रि रजिष्ट्रेशन रहेको छ । जसमा अहिलेसम्म ५० वटा शाखाले अग्रिम रजिष्ट्रेशन गरेका र अब २ दिन बाँकी रहेकाले करिब १२ सयले अग्रिम रजिष्ट्रेशन गर्ने अनुमान गरिएको शाखा रजिष्ट्रेशन समितिका संयोजक दिपेन्द्र शर्माले बताउनु भयो ।
    रजिष्ट्रेशन भएका ५० मध्ये सबै भन्दा धेरै पथरी जेसीजले ५० जनाको गरेको छ भने सुरुङ्गा जेसीजले ३९ जनाको गरेको संयोजक शर्माले बताउनु भयो ।
    रत्ननगर जेसीजको आतिथ्यतामा हुने महाधिवेशनका लागि आवाससहित ५ हजार ५ सय र आवासरहित ४ हजार २ सय रहेको छ । मंगलवारदेखि उता रजिष्ट्रेशन हुने शाखाहरुले ४ हजार २ सय मात्र बुझाउनु पर्नेछ तर आवासको सुविधा हुने छैन र त्यसको आफै व्यवस्थापन गर्नु पर्ने शर्माले बताउनु भयो । प्रि रजिष्ट्रेशनका लागि १२ सय मानिसहरुका लागि होटल बुक गरिएको र केही होटल होल्डमा राखिएको समेत बताउनु भयो ।
    आइतवारसम्म रजिष्ट्रेशन भएका शाखाहरुमा दुहवी काभ्रे, काभ्रे लेडी, कोहोलपुर, कञ्चन, गौरादह , बौनियाँ, दाङ लेडी, झुम्का, रामेछाप, तुलसीपुर नगर जेसीज, उदयपुर, धनकुटा लेडी, व्यासनगर, काठमाडौ लेडी, सिद्धार्थ, सल्यान, अछाम र पाटन जेसीज रहेका छन् ।
    यसैगरी हेटौडाँ, पाटन लेडी, कपन, मनहरा, मेचीनगर लेडी, भद्रपुर, कमलनगर, बेलबारी, विरता लेडी, लमही, भेरी गंगा, धुलावारी, पनौती जुनियर, मलङ्वा, नेपालगञ्ज, नारायणगढ, नवलपुर, लाहान, गोलबजार, जनकपुर, बनेपा, भक्तपुर, पाल्पा, त्रिभूवननगर, धापसी तिलोत्तमा रहेका छन् । केही शाखाहरुको स्टेटमेन्ट बैंकबाट झिक्न समय नभएकाले रजिष्ट्रेशन भएर पनि नाम छुटेका छन् र ती शाखाहरुलाई सोमवार निकालिने निवर्तमान अध्यक्ष समेत रहनु भएका शर्माले बताउनु भयो ।
    संयोजक शर्माले समयभित्र रजिष्ट्रेशन गरेर आवाससहितको सुविधा लिनलाई सबै शाखाहरुलाई आग्रह गर्नु भयो । उहाँले सोही अनुरुप होटलको व्यवस्थापन गरिएकोले यस सुविधालाई भरपुर प्रयोग गर्न आग्रह गर्नु भएको छ । मंगलवारपछि रजिष्ट्रेशन हुने शाखाका लागि आवासरहित हुने समेत जानकारी दिनु भयो ।
    सहभागि शाखालाई बसाई व्यवस्थापनमा कुनै कठिनाइ नहोस भन्ने उदेश्यसका साथ १५ दिन अघि नै प्रि रजिष्ट्रेशन बन्द गरिने र होटलको व्यवस्थापन तिर लाग्ने बताउनु भयो ।
    महाधिवेशन ४ दिनसम्म चल्ने छ भने यो महाधिवेशनले २०२० का लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
    नेतृत्वका लागि पथरी जेसीजबाट अशोक शंकर, विसहजार जेसीजबाट अरुणेश्वर खनाल र काभ्रेबाट विकास मानन्धर अध्यक्षको प्रत्यासीका रुपमा मैदानमा हुनुहुन्छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…