पुष्कर खड्का /रामेछाप – दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ स्थित लादुक स्वास्थ्य चौकीले नयाँ भवन पाएको छ । नवनिर्मीत भवनको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले उद्घाटन गर्नुभएको थियो ।
नेपाल सरकारको आर्थिक सहयोगमा १६ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको हो । करिव २०६८ साल देखी निर्माण सुरु भएको भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई सहज भएको छ ।
विगु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष बुक्तम तामाङको अध्यक्षतामा सम्पन्न भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का,गाउँपालिकाकानिमीत्त प्रमुख प्रशासकिय अधिकृत पेमा दोर्जे थोकर, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इश्वरकुमार खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।