• पुष्कर खड्का / रामेछाप :- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँ पालिका धोवी र खिम्तीको बिर्ता क्षेत्रमा सहज सञ्चार सुविधा नहुँदा स्थानीयले कठिनाई झेल्नु परेको छ ।



     

    ल्यान्डलाइन फोन सेवा नभएको उक्त क्षेत्रमा घाम लागे मात्र मोबाइलको टावर टिप्ने गरेकोले स्थानीयले सास्ती व्यहोर्नु परेको हो ।विर्ताबाट फोन सम्पर्क हुनु भनेको भाग्यको कुरा हो’ खिम्ती बिर्ताका चक्रबहादुर श्रेष्ठले भने, ‘गिद्धे र धोवी क्षेत्रमा कुहिरो देखिएपछि फोन बन्द हुन्छ ।’

    उनका अनुसार विर्ता, गैरी, केउरीनी क्षेत्रका बासिन्दा गाउँभन्दा केही टाढाको ज्यामिरेखानी डाँडामा पुगेर फोन सम्पर्क गर्न बाध्य छन् । धोवी बजारमा समेत टेलिफोन सम्पर्क गर्न सकिँदैन । धोवी बजारमा नेटवर्क समस्याले बैंक तथा वित्तीय संस्थाको काम समेत प्रभावित हुने गरेको छ ।नेपाल टेलिकमले राखेको गिद्धे रिपिटर स्टेशनमा विद्युत् सेवा पुगेको छैन ।



    उक्त टावर सञ्चालनका लागि सोलार राखिएको छ । विद्युत्‌का कारण टेलिफोन सञ्चालन नभएको भने हैन । टावरमा इन्धन सहितको जेनेरेटर रहेकोले विद्युत् नहुँदैमा सेवा अवरुद्ध हुँदैन ।

    टेलिकम मन्थली शाखाका प्रदिप कार्की भन्छन् – ‘गिद्धेको रिपीटरमा धेरै लोड भएका कारण समय-समयमा टेलिफोन सम्पर्क हुन गाह्रो भएको हो ।कार्कीका अनुसार धोवी क्षेत्रमा ल्याण्डलाईन फोन विस्तार गर्ने योजना अघि सारिएको छ । त्यसपछि त्यस क्षेत्रमा देखा परेको समस्या कम भएर जाने छ । यसअघि दुरागाउँमा रिपिटर स्थापना गरेकाले केही सहज भएको उनले बताए ।



     

     

सम्वन्धित समाचार

 काठमाडौँ, ८ असोज : वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयो…

 नारायणगढ (चितवन), ५ असोज : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमार…

 ढोरपाटन (बागलुङ), ५ असोज : भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुर…

 फुङ्लिङ (ताप्लेजुङ), ४ असोज : फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वाता…