२३ मंसिर,प्रवेश बिष्ट । आयोजक नेपाल,
दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३औं सागमा पनि अधुरै रह्यो ।
सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीन वटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहन्थ्यो ।
तर पोखरा रंगशालामा भएको फाइनलमा
भारतले नेपाललाई २–० गोल अन्तरले हरायो।
उसका लागि दुबै गोल बालादेवीले गरिन् ।
खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् ।
त्यसपछि नेपाल खेलमा फर्कन सकेन र २–०हार व्यहोर्यो ।