पुष्कर खड्का / रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले गएको वर्षदेखि वालवालिका, गर्भवती महिला, वृद्धवृद्धालाई लक्षित गरी नगरको ९ वटै वडामा निशुल्क घुम्ति शिविर सञ्चालन गर्दै आएको छ । सोही शिविर आज वडा नम्बर ३ साँघुटारमा सम्पन्न भएको छ ।
रामेछाप नगरपालिकाले गर्भवती महिलाहरुको लागी भिडियो एक्सरे र दाँतका रोग तथा समस्या भएकाहरुका लागी दन्त चिकित्सक सहितको उपचार सेवा शिविर मार्फत प्रदान गरिरहेको छ ।
आज वडा नम्बर ३ साँघुटार स्वास्थ्य चौकीमा भएको शिविरमा ९० जनाले सेवा लिएका छन । शिविरमा १४ जना गर्भवती महिलाहरुले भिडियो एक्सरे गराएको रामेछाप नगरपालिका स्वास्थ्य शाखाका रामशरण पौडेलले जानकारी दिनुभएको छ ।