• पुष्कर खड्का / रामेछाप – हिमाली जिल्ला सोलुखुम्बुमा ह्वात्तै चिसो बढेको छ । हिउँदको समय सुरु भएसंगै सिम सिम बर्षा समेत भए पछि बढी चिसोको महसुस भएको सर्बसाधरणहरुले बताएका छन् । जिल्लाको सदरमुकाम सल्लेरी आसपासको क्षेत्रमा बढी ठण्डी महसुस भएको छ, भने जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा हिमपात भएको छ ।

    दुई दिनदेखिको बाक्लो कुहिरोले चिसो बढेको खुम्बु क्षेत्रमा आजबाट हिमपात सुरु भएको हो ।हिमपात सँगै खुम्बु क्षेत्रमा पानी पनि परिरहेको सहकर्मी जेपि राईले जानकारी दिए ।

    चिसो बढेपछि खुम्बु क्षेत्र सहित सल्लेरी तथा आसपासका क्षेत्रका स्थानीयहरुले नियमित काम समेत प्रभावित बनेको छ । मौसम नखुल्नुका साथै चिसो बढे पछि हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । हिमपातले नाम्चेको माथिल्लो भेग, खुम्जुङ लगायतका माथिल्लो क्षेत्र सेताम्मे बनेको राईको भनाई छ ।२ दिन देखि हुस्सु र कुहिरो लागेकाले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पनि उडान प्रभावित भएकोछ । चिसोका कारण जिल्लाको तल्लो क्षेत्रका सर्बसाधरणको दैनिकिमा समेत फेरबदल भएको छ ।

    अहिले दैनिक बिहानीपख पानी जम्न थालेको छ भने तुसारो पनि पर्न थालेको छ । जाडोले गर्दा स्थानीयहरुलाई बाहिर काममा निश्कन समेत मुस्कील पर्ने गरेको छ । खेतबारीको काम छाडेर सर्वसाधारण घरभित्रै बस्न थालेका छन् । चिसोले बढि बृद्धबृद्धा र बालबालीका प्रभावित बनेका छन् । चिसोले बृद्धबृद्धा र बालबालीकामा रुघा, खोकी, निमौनिया जस्ता समस्या देखिने सम्भावना बढेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…