बाहुण्डाँगी – गीतानगर जेसिजको अध्यक्षमा युवराज अधिकारी चयन भएका छन् । बिहीवार सम्पन्न गीतानगर जेसीजको १९ औं साधारणा सभा एवं शाखा अधिबेशनले अधिकारीलाई बर्ष २०२० को अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
अधिबेशनले अरुणराज बन्त र अनिश दाहाललाई कार्यकारीणी उपाध्यक्षमा चयन गरेको छ । यस्तै उपाध्यक्षमा शर्मिला अधिकारी, प्रनिशा गुरुङ, बिकास सापकोटा र सुजन दाहाल निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारी भने पद हस्तान्तरण कार्यक्रममा मनोनित गरिने शाखाका २०१९ का अधयक्ष एवम नेपाल जेसीजका लागि २०२० का उपाध्यक्ष पदका उम्मेदवार कृष्ण सापकोटाले बताउनु भयो ।