•  

    बाहुण्डाँगी । अत्तरिया जेसिज बर्ष २०१९ को आयोजनामा संचालन गरिएको ‘जेसिज सप्ताह’ भव्यताका साथ सम्पन्न भएको छ । जेसिजको बार्षिक कार्यक्रम अन्र्तगत यहि मंसिर २१ गतेवाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएको हो । अत्तरिया जेसीज बर्ष २०१९ का अध्यक्ष गणेश शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथी जेसीजका संस्थापक अध्यक्ष गिरीराज कडायत रहनुभएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी उप प्रमुख कडायतले जेसिज बास्तवमा युवाहरुको अभिभावक जस्तै रहेका बताइन् । उनले युवाको पक्षमा रहेर काम गरिरहेको जेसिजले बास्तमा युवाहरुलाई सहि दिशा तर्फ अगाडी बढाइरहेको आफुले पाएको बताइन् । उनले अत्तरिया जेसिजले गर्ने कामले समर्ग गोदावरी नगरपालिकाको शिर पनि उच्च हुने हुदा ब्यक्तिगत रुपमा र नगरपालिकाको तर्फवाट हुने सहयोग जुनसुकै बेला पनि गर्न तयार रहेको बताइन् ।

    कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी अत्तरिया जेसिजका संस्थापक अध्यक्ष गिरीराज कडायतले थुप्रै चुनौतीका बाबजुत पनि आफु र आफ्नो टिमको धेरै मेहेनतवाट अत्तरियामा जेसिजको स्थापना गरिएको बताए । उनले जेसिजको स्थापना गरेर र जेसिजमा लागेर मात्र केहि नहुने हुदा आफुलाई सहि दिशा तर्फ अघि बढाउन सबैभन्दा पहिला सहि सोच बिचारका साथ यसबारे ज्ञान प्राप्त गर्नुसक्नु पर्ने बताए ।

    कार्यक्रममा अत्तरिया जेसिजका अध्यक्ष गणेश शाहले ‘जेसिज सप्ताह’ सफलताका साथ सम्पन्न गराउन सहयोग गर्ने कार्यक्रम संयोजकलाई धन्यवाद दिए ।जेसिज सदैब युवा र समाजका लागि काम गर्ने हुदा यो सप्ताहका सातै दिन पनि समाजका लागि बिताएको उनले बताए । उनले सामाजिक कार्य संगै युवाहरुमा सकारात्मक सोचको विकास गरि सहि बाटो तर्फ अघि बढाउन जेसीजले सधै काम गरिरहने बताए ।

    जेसिज सप्ताह अन्र्तगत पहिलो दिन उद्घाटन , दोस्रो अनुभव आदानप्रदान कार्यक्रम , तेस्रो दिन अत्तरिया चोकमा ट्राफिक सचेतना कार्यक्रम , चौथो दिन दुर्गालक्ष्मी नमुना मा।विमा वक्तृत्वकला प्रतियोगिता , पाँचौ दिन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वास्थ्य सचेतना कार्यक्रम ,छैठो दिन अत्तरिया जेसीज र धनगढी जेसीजबिच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता र आज समापन गर्दै जेसीज सप्ताह सम्पन्न भएको अत्तरिया जेसीजका का। उपाध्यक्ष एबम् मुल समारोह समितिका संयोजक हर्क बा। कडायतले जानकारी दिए ।

    कार्यक्रममा बक्तृत्व कला प्रतियोगिता र क्रिकेट प्रतियोगिताका बिजेताहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गर्नका साथै कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सफल भएको भन्दै सबै संयोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    अत्तरिया जेसिजका शाखा सम्पादक एबम् समापन कार्यक्रमका संयोजक हेमराज भट्टको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संञ्चालन अत्तरिया जेसीज बर्ष २०१९ का महासचिब प्रमोद अधिकारीले गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…