• देबु बानियाँ ।


    • नेपाल जेसीजको यहि पुष ९ गतेदेखि ४६ औँ राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा हुँदैछ । रत्ननगर जेसीजको आथित्यतामा हुने महाधिवेशनमा देशभरका १५० वटा शाखाका करिब ३ हजार प्रतिनिधिहरुको सहभागिता हुँदैछ । यसै महाधिवेशनको सेरोफेरोमा रहेर आथित्यता शाखा रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेलसँग गरिएको कुराकानी प्रस्तुत छ ।
      १. महाधिवेशनको तयारी कस्तो हुँदैछ ?
      – हामी ४६ औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी आएका छौँ । अब हामीसँग ६ दिन मात्र समय रहेकाले पनि करिब सबै कामहरु सम्पन्न हुने अवस्थामा छन् । केही कामहरुको अन्तिम तयारी भइरहेको छ । अहिलेसम्म करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
      २. यो महाधिवेशनमा कस्ता व्यक्तिहरुको सहभागिता हुनेछ ?
      – नेपाल जेसीजसँग आबद्ध रहेका देशभरमा १५० वटा शाखा रहेका छन् । ति शाखाहरुमा आबद्ध रहेका १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको यस महाधिवेशनमा सहभागिता रहनेछ । विशेष गरेका शाखाको एक वर्षे कार्यकालको बोर्डमा रहेका व्यक्तिहरुको बाहुल्यता धेरै हुनेछ भने पूर्व अध्यक्ष तथा जेसीज अभियानमा जोडिएको नव युवाहरुको समेत महाधिवेशनमा सहभागिता हुनेछ ।
      ३. यो महाधिवेशन रत्ननगरमै गर्नुको उदेश्य चाहि के हो ?
      –पहिलो कुरा त कुनै पनि महाधिवेशन कहाँ हुने भन्ने कुरा २ वर्ष अघि नै निर्णय भएको हुन्छ । भैरहवामा भएको ४४ औँ महाधिवेशनले रत्ननगरलाई २०१९ को ४६ औँ महाधिवेशन गर्ने अधिकार दिएको थियो । जसको आधारमा हामी तयारीमा जुट्यौँ । त्यसैले के उदेश्यले भन्दा पनि नेपाल जेसीज र देशभरका १५० वटा शाखाबाट पाएको अनुमतिको आधारमा यस वर्ष रत्ननगरले महाधिवेशन गर्ने जिम्मेवारी पाएको हो ।
      ४. यो महाधिवेशनले यस रत्ननगर क्षेत्रलाई के उपलब्धी गराउँछ जस्तो लागेको छ ?
      –मैले अघि पनि भनेको छु । यस रत्ननगर जेसीजले नेपाल जेसीजको महाधिवेशन गर्न अवसर पाउनु नै सबै भन्दा ठूलो उपलब्धी हो । चितवन जिल्ला आफैमा एउटा पर्यटकीय नगरी पनि हो । त्यसमाथि पनि नेपाल सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीबाट करिब ३ हजार जेसीजकर्मीहरुको सहभागिता रहनेछ । जसले यहाँको पर्यटकीय क्षेत्रको विकास त हुन्छ नै यसका साथै यहाँको व्यपार व्यवसायमा समेत ठूलो आम्दानी हुनेछ । जहाँँ ४ दिन लामो समय देशभरका युवाहरुको ठूलो जमघट हुनेछ ।
      ५. यति ठूलो महाधिवेशन गर्दै हुनुहुन्छ । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
      – जेसीज भनेको संस्था नै मिलेर काम गर्ने एउटा विशुद्ध सामाजिक संस्था हो । यहाँ हरेक युवाहरुलाई जिम्मेवारी दिइन्छ र त्यहि जिम्मेवारीलाई कुशल नेतृत्वका साथ सम्पन्न गर्ने गरिन्छ । यसैलाई आधार मान्ने हो यो संस्थाले टिममा काम गर्छ । हामीले महाधिवेशनका लागि शाखाका पूर्व अध्यक्षको मुल समिति, शाखाका पदाधिकारी, सदस्यहरुको विभिन्न उपसमिति निर्माण गरेका छौँ । साथै यस नगरका विभिन्न व्यक्ति, चितवन जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुलाई समेत सहभागि गराएर उपसमिति तथा सल्लाहकार समिति निर्माण गरेका छौँ । जुन समिति र उपसमितिले आफ्नो क्षेत्रमा भएको कामको जिम्मेवारीलाई पुरा गर्न निरन्तर लागि पर्नु भएको छ । त्यसैले पनि कामको बाँडफाँड नै व्यवस्थापन गर्ने ठूलो आधार हो ।
      ६. कार्यक्रमको ढाँचा हेर्दा त खर्च निकै नै हुने देखिन्छ । यो महाधिवेशनमा कति खर्च हुँदैछ अनि यसको स्रोत के हो ?
      –हो जेसीजको हरेक वर्ष हुने यो महाधिवेशन निकै खर्चालु हुने गर्छ । यसमा मुख्य पाटो भनेको नै आर्थिक व्यवस्थापनको हो । ४ दिनका लागि सबै सहभागिलाई खान बस्न, अनि यहाँको हरेक गतिविधिका लागि निकै ठूलो खर्च हुने गर्छ । यो महाधिवेशनमा करिब २ करोड खर्च हुने अनुमान गरिएको छ । र यसको मुख्य स्रोत भनेको सहभागि व्यक्तिबाट उठाइने रजिष्ट्रेशन शुल्क नै हो । जसमा सहभागिबाट नै करिब १ करोड संकलन हुन्छ । यसका अलवा नेपाल जेसीजले दिने रकम, यस क्षेत्रका विभिन्न सामाजिक संघ संस्था तथा सहयोगी मनहरुको सहयोग नै मुख्य स्रोत हो ।
      ७. महाधिवेशनमा के कस्ता कार्यक्रमहरुलाई समावेश गरिएको छ ।
      –४ दिनसम्म चल्ने महाधिवेशनमा नेपाल जेसीजका हरेक वर्ष हुने नियमित कार्यक्रमहरु नै हुन्छन् । जसमा ९ गते दिउँसो ४ बजे उद्घाटन हुनेछ । भोलिपल्टदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । जसमा थिम सेमीनार, शाखा अध्यक्षहरुको विभिन्न बैठक, सेमीनार, राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछन् भने यसको मुख्य कार्यक्रम भनेको आगामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया हुनेछ ।
      ८. भनेपछि यो महाधिवेशनले नेपाल जेसीजलाई नयाँ नेतृत्व दिनेछ । अबका वर्षमा कस्तो नेतृत्व ल्याउँदै हुनुहुन्छ ?
      – जेसीजमा एक पद, एक व्यक्ति, एक कार्यकाल र एक वर्ष रहनेछ । हरेक महाधिवेशनमा नयाँ नेतृत्व परिवर्तन हुन्छ । अब रहयो कस्तो नेतृत्व ल्याउने भन्ने विषय । जेसीजमा १०÷१५ वर्षको निरन्तरको अभियानबाट खारिएको युवा राष्ट्रिय पदाधिकारीहरुमा तयारी भएका हुन्छन् । त्यसमा सबै अब्बल छन् । यसको पनि आफ्नै पक्रिया हुन्छन् । त्यहि प्रक्रियामा यसमा भाग लिने प्रतिनिधिले चुन्ने अधिकार भएकाले गर्दा महाधिवेशन गराउने जिम्मा हाम्रो हुन्छ भने नयाँ नेतृत्व ल्याउने जिम्मा जेसीज मनहरुको हुने भएकाले यो उहाँहरुले छान्ने विषय हो ।
      ९. अन्त्यमा के भन्नु हुन्छ ?
      – निरन्तरको अभ्यासपछि हामीले यो वर्षको महाधिवेशनलाई नजिकबाट नियाल्ने दिन नजिकिएको छ । यो वर्ष पर्यटन वर्ष समेत भएकाले यसको स्वागत गर्ने अवसर पनि पाएका छौँ । सकेसम्म महाधिवेशनमा हामीले कुनै कमजोरी नहोस भन्ने हेतुले काम गरेका छौँ । यो महाधिवेशनलाई अहिलेसम्मकै उत्कृष्ट र एतिहासिक बनाउने छौँ । र यो महाधिवेशनको उद्घाटनको दिनको पर्खाइमा रहेकाले तपाई देशभरबाट सहभागि हुने जेसीज मनहरुलाई न्यानो स्वागत गर्न आतुर छौँ । हामी सबैको महाधिवेशन भएकाले यसलाई सफल पार्न तपाई हामी सबैको उत्तिकै जिम्मेवारी भएकाले उत्साहका साथ सहभागि भइदिनु हुन विनम्र अनुरोध समेत गर्दछु ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…