• उर्लाबारी । क्यान्सर रोग पीडित मोरङको उर्लाबारी–६ की २७ बर्षीया विमला सुब्बाको उपचारका लागि ८५ हजार १ सय ५० रुपैयाँ संकलन भएको छ ।

    बिमला सुब्बा बचाउ अभियानले घरदैलो कार्यक्रम गरेर उक्त रकम संकलन गरेको हो । हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी बिमलाको उपचारमा आर्थिक अभाब भएपछि सहयोग समिति बनेको थियो । सबैतिर हारगुहार गरेर बहिनीको उपचारमा ५ लाख खर्च गरिसकेका दीलबहादुरले बताए । उनका अनुसार अस्पतालले विमलाको उपचारमा अझै २० लाख खर्च हुने जनाएको छ । दीलबहादुरले बहिनी विमलाको जीवन रक्षाका लागि सबैमा आग्रह गरेका छन् ।

    भन्छन्,‘मनकारी दाजुभाई दिदी वहिनीहरु संग सहयोगको हात थापेको छु, तपाईहरुको गुन म विर्सने छैन ।’ पाठेघरको क्यान्सरसंग जुधिरहेकी विमला सुब्बालाई सहयोग गर्न चाहनु हुनेले ९८०७३७७५२४ र ९८२८७५५३७७ को मोवाइल नम्बरमा सम्पर्क गरिदिनु हुन दिलबहादुर अपिल गरेका छन् ।

    त्यस्तै, अभियानका संयोजक छबी श्रेष्ठले पनि सबैलाई सहयोगका लागि अपिल गरेका छन् । घरदैलो अभियानबाट हालसम्म ८५ हजार १ सय ५० रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए ।

     

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…